२४ जेठ, एजेन्सी ।

भारतकी चर्चित तेलुगु अभिनेत्री आरती अग्रबालको ३१ वर्षको उमेरमा निधन भएको छ । अमेरिकामा उपचाररत आरतीको हृदयघातका कारण निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

arti agrabal dies 1

मोटोपन र मुटुको समस्या रहेकी आरती केही समय यता अमेरिकाको न्यूजर्सीमा उपचाररत थिइन् ।

‘नुव्वु नाकु नचव’ मा डेब्यु गरेकी आरतीको पहिलो फिल्म हिट भएपछि उनले ‘नुव्वु केला नेनु लेनु’, ‘इन्द्रा’ र ‘वसंतम’ जस्ता चर्चित फिल्ममा अभिनय गरेकी थिइन् ।

arti agrabal dies

उनले अभिनय गरेको पछिल्लो चलचित्र ‘रनम २’ गत साता मात्र रिलिज भएको थियो । उनले एक पटक प्रेममा धोका पाएको भन्दै आत्महत्या गर्ने कोशिस समेत गरेको समाचारमा जनाइएको छ ।