१२ असार, काठमाडौं ।
संविधान निर्माणको विषयमा १६ बुँदे सहमति मार्फत एकताबद्ध भएका प्रमुख राजनीतिक दलहरुबीच चार वटा विषयमा विवाद देखिएको छ । दलबीच बहुलवाद, नागरिकता, समानुपातिक तथा समावेशी प्रतिनिधित्व लगायतका विषयमा विवाद देखिएको हो ।

संविधान मस्यौदा समितिअ न्तर्गतको कार्यदलले तयार पारेको एकीकृत मस्यौदाको विषयमा पूर्ण सहमति जुटाउनका लागि शनिबार बसेको प्रमुख चार राजनीतिक दलको बैठक छलफल गरेर पुनः बस्ने गरी सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा एमाओवादीले असहमति जनाएपछि कुरा मिल्न नसकेको बताइएको छ ।

4 party meeting

बैठकपछि नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मस्यौदा समितिले तयार पारेको मस्यौदामा देखिएका केही विवादित विषयमा सहमति खोज्नका लागि बैठक बसेपछि मस्यौदालाई थप परिष्कृत बनाउन र कम विवादित बनाउनका लागि छलफल गरेर पुन बैठक बस्ने बताए ।

एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठलेसंवैधानिक समितिले तयार पारेको मस्यौदा एकलौटी र दलबीच भएको १६ बुँदे सहमतिको मूल मर्म विपरीत रहेको बताउदै मजदुर, किसान, युवाको प्रतिनिधित्व लगायत विषयमा विगतमा भएको सहमति विपरीत समितिले मस्यौदा तयार पारेको बताए ।