७ जेठ, काठमाडौं ।
चितवनको भरतपुर महानगरपालिकामा जारी मतगणनामा प्रमुखका उम्मेदवार रेणु दाहाल फेरि पछि परेकी छिन् । पछिल्लो मत परिणाम अनुसार एमालेबाट प्रमुखका उम्मेदवार देवी ज्ञवालीले अग्रता लिएको पछिल्लो परिणाम अनुसार ज्ञवालीलेि १९००७ मत ल्याएका छन् भने रेणु दाहालले १७६९९ मत प्राप्त गरेकी छिन् ।

गत वैशाख ३१ गते ३, ४ र ६ नम्बर प्रदेशको २८३ स्थानीय तहमा भएको निर्वाचनको अन्तिम परिणाम अझै आउन बाँकी छ चार महानगरपालिका एक उपहानगरपालिका सहित १३ स्थानको मात्र मत परिणाम आउन बाँकी छ । अहिलेसम्म २७० स्थानीय तहको मतपरिणाम आएको छ ।