१० जेठ, चितवन ।

चितवनको भरतपुर महानगरकापालिका वडा नम्बर १४ को मतगणना सकिदा प्रमुख उम्मेदवारबीचको मतान्तर २ हजारबाट ओरालो लागेको छ ।

एमालेका देवी ज्ञवालीको अग्रता कायमै रहेपनि माओवादीकी रेणु दाहाल मतान्तर कम गर्न सफल भएकी छिन् । ज्ञवाली र दाहालको मतान्तर अहिल १९६१ मा झरेको छ ।

अहिलेसम्म ज्ञवालीले २९३६८ मत ल्याएर अग्रस्थानमा छन् भने दाहालले २७४०७ मत प्राप्त गरि ज्ञवालीलाई पच्छ्याइरहेकी छिन् । १४ नम्बर वडामा दाहालले ज्ञवालीकोभन्दा ७०५ मत बढी ल्याएपछि मतान्तर कम गर्न सफल भएकी हुन् ।

उपप्रमुखमा कांग्रेसकी पार्वती शाहले ३०७९२ मत पाएकी छन् भने एमालेकी दिब्य शर्माले २६५८७ मत प्राप्त गरेकि छिन् । अव चितवनमा ११ वटा वडाको ३९२३५ मत गणना गर्न बाँकी रहेको निर्वाचन कार्यालय चितवनले जनाएको छ ।