१८ फागुन, काठमाडौ ।

नेपाली कांग्रेसले पार्टींको १३औँ महाधिवेशनको उद्घाटन सत्रमा क्रममा चिनियाँ कम्युष्टि पार्टीका महासचिव समेत रहेका राष्ट्रपति सि जिनपिङदेखि म्यानमारकी नेत्री आङसाङ सुकी सहितका व्यक्तिहरुलई अतिथितको रुपमा आमन्त्रण गरेको छ ।

Xi-Jinping

आगामी फागुन २० गते खुलामञ्चमा आयोजना हुने कार्यक्रममा भाग लिन सत्तारुढ भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह, नेता तथा गृहमन्त्री राजनाथ सिंह, नेत्री तथा विदेशमन्त्री सुष्मा स्वराज, भाजपा नेता भगतसिंह कोसियारी तथा भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष सोनिया गान्धी, उपाध्यक्ष राहुल गान्धी लगायत नेतालाई निमन्त्रणा गरिएको विदेश विभागका प्रमुख सुजाता कोइरालाले बताइन ।

उनले चिनियाँ राष्ट्रपति सि जिनपिङ र पार्टीका केन्द्रीय सदस्य एवम् अन्तराष्ट्रिय विभाग मन्त्री सोङ ताओलाई पनि महाधिवेशनको उद्घाटन सत्रमा भाग लिनका लागि निमन्त्रणा पठाइएको छ ।

कोइरालाले भारतीय बहुजन समाज पार्टीका अध्यक्ष कुमारी मायावती, भाकपा (माक्र्सवादी) का महासचिव सीताराम यचुरी, राष्ट्रवादी काग्रेस पार्टीका अध्यक्ष शरद पवार, महासचिव डिपी त्रिपाठी र भाकपाका महासचिव शुभराम सुधकर रेडीलाई आमन्त्रण गरिएको बताइन ।

भारत उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादव, विहारका मुख्यमन्त्री नीतिश कुमार, उत्तराखण्डका मुख्यमन्त्री हरीश रावत, बङ्गालका मुख्यमन्त्री ममता बनर्जी, दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल, राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादव, समाजवादी पार्टीका अध्यक्ष मुलायम सिंह र जनता दल (युनाइटेड) का अध्यक्ष शरद यादवलाई निमन्त्रणा गरिएको कांग्रेसले बताएको छ ।

उद्घाटनको सत्र बङ्गलादेश, पाकिस्तान, अफगानिस्तान, श्रीलङ्का, माल्दिभ्स, भुटान लगायत देशका नेतालाई समेत आमन्त्रण गरिएको कोइरालाले जानकारी दिइन ।