जो व्यक्तिको रोग प्रतिरोधक क्षमता कम हुन्छ उसलाई बारम्बार रोगले आक्रमण गरिरहन्छ । बिरामी नपरियोस् भन्न रोगप्ररोधक क्षमता बढाउने फलफूल, सागसब्जी तथा खानेकुरामा खान अतिआवश्यक छ । जाडोमा रुघाखोकी वा कुनै फ्लू लाग्नबाट जोगिन केही यस्ता फलफूल बारम्बार खाइरहन आवश्यक हुन्छ ।Cough-and-Cold and basket of fruits

स्याउ – स्याउमा ‘एन्टी–ओक्सिडेट’ नामक तत्व पाइन्छ, जसले हाम्रो शरीरमा रोगप्रति लड्ने क्षमता बढाउँछ । स्याउले हृदयसम्बन्धि रोग र क्यासरको रोकथाम समेत गर्न मद्दत गर्छ ।

मेवा – जाडोमा मेवाको नियमित सेवनले चिसोबाट लाग्ने रोग तथा फ्लूबाट जोगाउँछ । यो फलले हाम्रो पाचन प्रक्रियालाई बलियो बनाउँछ । मेवामा पाइने बिटा क्यारोटिन, भिटामिन सी र इ ले  चिसोका कारण छाला सुनने समस्यालाई पनि ठिक गर्छ ।

आल्चा – अन्य फल र सब्जीहरुको तुलनामा आल्चामा बढी मात्रामा ‘एन्टी–ओक्सिडेट’ पाइन्छ । एक पटक आल्चा खाँदा अन्य सब्जीको पाँच गुणा बढी ‘एन्टी ओक्सिडेन्ट’ पाइन्छ । यसले पेटमा खानाबाट लाग्ने रोगबाट बचाउँछ ।

सुन्तला – जाडोमा हामी अन्य फलको तुलनामा सुन्तला नै बढी खान्छौ । यसमा भिटामिन सी प्रचुर मात्रामा हुन्छ । नियमित रुपमा सुन्तला खानाले तपाईको घरमा इन्टिबायोटिक औषिधीले प्रवेश गर्न पाउँदैन ।

भोगटे – भिटामिन सी भरपूर पाइने भोगटेमा प्राकृतिक तत्व लिमोनाइड पनि पाइन्छ । जसले कोलेस्ट्रोललाई कम गर्न सहयोग गर्छ । त्यस्तै, रातो भोगटेले क्यान्सरसँग लड्ने ‘लाइकोपीन’ नामक शक्तिशाली तत्व पनि पाइन्छ ।

केरा – त्यसो त जाडोमा केरा खानु स्वास्यका लागि त्यति निको मानिन्दैन । तर भिटामिन बी-६ को सबैभन्दो राम्रो स्रोत नै केरा हो । केराले, थकान, तनाव, अनिन्द्रालाई हटाउन मद्दत गर्छ । यसले उक्त रक्तचापको समस्यालाई पनि रोक्न मद्दत गर्छ ।

किवी – यो मिठो फलमा पनि ‘एन्टीओक्सिडेन्ट, भिटामिन सी र ई भिटामिन पाइने भएकाले किवी शरीरको लागि शक्तिशाली पावरहाउस हो । यसले सेतो रक्त कोशिकाहरुको उत्पादनलाई बढाउँन मद्दत गर्दछ ।

यो पढ्नुस्।

दैनिक एउटा केरा किन खाने ?

चस्मा लगाउन मन छैन भने गाँजर र पालुङ्गोको जुस पिउनुस्- स्वस्थ आँखाको लागि अन्य घरेलु उपाय…

कानको यो भागमा औँलाले दबाब दिदाँ के हुन्छ?