एसियामै सबैभन्दा अधिक जनसङ्ख्या भएको देश हो चीन। त्यसैले पनि यहाँको चलचित्र क्षेत्र ठुलो छ। कलाकार धेरै छन् अनि दर्शकको सङ्ख्या पनि। चीनका केही चर्चित कलाकारहरुले हलिउडका फिल्म समेत खेलिसकेका छन्। अभिनयकलामा चिनिँया जति अघि छन् सुन्दरतामा पनि त्यति नै अघि छन्। यति हुँदा हुँदै पनि चिनिँया भाषा नेपालमा असहज मानिने कारणले चिनिँया नायक नायिका त्यति चर्चामा हुदैनन्। यहाँ सन् २०१५ का सबैभन्दा सुन्दरी १० चिनिँया नायिकाको बारेमा चर्चा गरिएको छ।

१० क्रिस्टल लिउ इ फेइ

Crystal-Liu-Yi-Fei

लिउ इ फेइ सन् १९८७ मा जन्मेकी थिइन। न्युयोर्क बस्न पुगेकी क्रिस्टल सन् २००२ मा चीन फर्किएर अभिनय सुरु गरेकि थिइन। उनी एक राम्रो डान्सर पनि हुन। सन् २००८ मा रिलिज भएको ‘द फरबिडन किङ्डम’ बाट उनले निकै चर्चा बटुलेकी थिइन।

९ बार्बी हसु

Barbie-Hsu

ताइवानमा समेत निकै लोकप्रिय बार्बा अभिनय संगै गित गाउन पनि निकै सिपालु छिन। उनको ‘मेटेवर गार्डन’ फिल्मले उनलाई निकै चर्चा मा ल्याएको थियो। सुन्दरताकै कुरामा उनी चीन सहित ताइवानमा पनि निकै लोकप्रिय छिन्।

८ सेसिलिया चेयुङ

Cecilia-Cheungहककङमा सन् १९८० मा जम्मेकी सेसिलियाले सन् १९९८ मा कागती चियाको एक विज्ञापनबाट आफ्नो अभिनय करिअर सुरु गरेकी थिइन। सन् २००८ मा ‘स्टेफन चाव’ संग अभिनय गरेपछि उनको चर्चा एकाएक चुलिएको थियो।

७ ज्याङ सिन यु

Zhang-Xin-Yu

मोडल, गायिका तथा नायिका ज्याङ सन् २००७ मा ‘द ब्यानर हरर’ मा सानो भुमिकामा देखिएकी थिइन। ‘इफ यु आर द वन २’ मा उनको अभिनय पछि भने उनी एकाएका मिडियामा आउन थालिन। उनको सुन्दरता र अभिनयको कलाले त्यसपश्चात उनी चर्चामा आउने नायिकाको सूचीमा पर्दै आएकी छिन्।

६ गाओ युआनयुआन

GaoYuanyuan

आइक्रिमको विज्ञापनबाट अभिनय करिअर सुरु गरेकी गाओले अभिनय सम्बन्धि कुनै तालिम वा पढाइ पुरा गरेकी छैनन। सानो सानो भुमिकामा देखिने गरेकी गाओलाई ज्याकी च्यानसंग संगै फिल्म खेल्ने मौका मिलेपछि भने उनको चर्चा एकाएक बढेको थियो। ज्याकी च्यानले गाओको अभिनयकला देखेरै उनलाई संगै फिल्म खेलाएका थिए।

५ फ्यान बिङबिङ

Fan-Bingbingसन् १९८१ मा जन्मेकी फ्यानले सन् १९९८ बाट अभिनय सुरु गरेकी थिइन। ‘माइ फेरी प्रिन्सेस’ नामक फिल्ममा अभिनय गरेपश्चात उनको सुन्दरता र अभिनयकलाको चर्चा चुलिएको थियो। अभिनय कलाको साथ साथ उनी निर्माता अनि पप गायिका पनि हुन।

४ किट्टी ज्याङ यु क्यी

Kitty-Zhang-Yu-Qi

किट्टी सन् २००७ पछि मात्र चर्चामा आएकी नायिका हुन। १५ वर्षको उमेरमा अभिनय तालिम लिएकी किट्टिले स्टेफन चावसंग संगै अभिनय गर्ने अवसर पाएपछि चर्चामा आएकी थिइन।

३ जियाङ किन्किन

Jiang-Qinqin३० बसन्त पार गरिसकेकी जियाङ ‘टियर्स इन हेभन’ मा अभिनय गरेपश्चात चर्चामा आएकी नायिका हुन। यो फिल्मले नै उनलाइ दर्शक माझ चिनाउन सफल भयो। उनको चिनियाँ टेलिभिजनमा पनि राम्रो लोकप्रियता छ।

२ ज्याङ जिइ

zhang-ziyiसन् १९७९ मा जन्मिएकी ज्यांङ सन् २०००को दशकमा चीनका सबैभन्दा ठुला ४ कलाकारको सूचीमा समेत परेकी थिइन। ११ वर्षको उमेरमा डान्स स्कुलमा भर्ना भएकी ज्याङले मोडल हुदै अभिनयमा निकै सफलता हासिल गरिसकेकी छिन्।

१ जिङ टियान

Jing-Tian
सन् १९८९ मा जन्मिएकी जिङ ‘वारियर स्टेटस्’, ‘स्पेशल आइडी’, र ‘पोलिस स्टोरी’ बाट चर्चित भएकी थिइन। बेइजिङ फिल्म एकेडेमी र बेइजिङ डान्स एकेडेमीमा अभिनय र डान्स सिकेकी जिङ त्यसपश्चात पुरा समय अभिनयमा लगाउदै आएकी छिन्।