२५ भदौ, एजेन्सी । भारतीय सेनाले चीनको सीमा नजिक माउन्टेन स्ट्राइक क्रुप्सको अभ्यास गर्ने भएको छ ।

पाँच हजार हजार भन्दा धेरै भारतीय सेनाले आगामी अक्टोबरमा अरुणाञ्चल प्रदेशमा चीनको सीमा नजिक युद्धाभ्यास गर्न लागेको हो । भारतमा हालै १७ वाट माउन्टेन क्रुप्सको गठन गरिएको छ । पहिलो पटक चीनको सीमा नजिक यस्तो खालको अभ्यास हुन लागेको भारतीय संचारमाध्यामले जनाएका छन् । यसको तयारी पूर्वी कमाण्डले पाँच छ महिनादेखि गरेको थियो ।

युद्धाभ्यासमा तेजपुरका ४ क्रुप्सका जवान सहभागी हुनेछन । १७ माउन्टेन क्रुप्सका झण्डै २५ सय सेनालाई भारतीय वायु सेनाद्वारा त्यहाँ लगिनेछन् । यसका लागि वायुसेनाको नयाँ ट्रान्सपोर्ट एयरक्राफ्ट सी १७, सी १३० जे सुपर हक्युलस र एएन ३२ को प्रयोग हुने सैनिक स्रोतलाई उद्यृत गर्दै दैनिक भास्करले उल्लेख गरेको छ ।

चीन नजिकैको पहाडी क्षेत्रमा सेनाले अभ्यास गर्नेछन् । १७ माउन्टेन स्ट्राइक क्रुप्सलाई इन्टिग्रेटेड ब्याटल ग्रुप्स (आइबीजी) मा बदल्न सकिने अपेक्षा गरिएको छ । यसका लागि सेना प्रमुख जनरल विपिन रावतले प्रक्रिया अघि बढाएको समाचारमा उल्लेख छ ।