२८ वैशाख, एजेन्सी । चीनको पश्चिमी प्रान्त शिजियांगमा विहिबार विहान ५.४ रेक्टर स्केलको भूकम्प जाादा ८ जनको मृत्यु भएको छ भने ११ भन्दा बढि घाइते भएका छन् ।

स्थानिय समयअनुसार विहान ५ बजेर ५८ मिनेटमा भुकम्पको धक्का महसुस गरिएको थियो । भुकम्पको केन्द्रविन्दु दक्षिणपुर्वी क्षेत्र पामीर थियो । भुकम्पको इपिसेन्टर ८ किलोमिटर गहिराईमा रहेकाे बताइएकाे छ ।

भुकम्प पश्चात लगातार पराकम्प गइरहेको र घाइतेको उपचार भइरहेको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । भूकम्पका कारण १२ हजार मानिस प्रभावित भएका छन् भने ९ हजार २ सय मानिसलाइ सुरक्षित स्थानमा सारिएकाे छ ।

भूकम्पका कारण अहिलेसम्म २३ जना घाइते भएकाे र उनीहरुलाइ उपचारका लागि अस्पताल भर्ना गरिएकाे छ । उद्धारमा १ हजार सेना र १५ सय उद्धारकर्मी खटिएका छन् । चीनकाे भूकम्प नेपालका सीमावर्ती क्षेत्र सुदुरपश्चिमका पहाडि जिल्ला र दोलखामा समेत महसुस गरिएको थियो ।