५ मंसिर, एजेन्सी।

चीनले रसियाबाट निकै शक्तिशाली मानिएका लडाकु विमान किन्ने भएको छ। बेजिङलाई सुखोइ विमान बेच्न मस्को तयार भएको समाचारले यतिखेर शक्तिराष्ट्रहरुमा हलचल देखिएको छ।

रसियाले चीनलाई सुखोइ-३६ नामक अत्यन्त तीब्र गति र उत्तिकै घातक लडाकु विमान बेच्न लागेको हो।

china buys from russia jet plane

चीनले रसियाबाट २४ वटा यस्ता लडाकु विमान किन्दैछ। रसियबाट यो लडाकु विमान किन्ने चीन पहिलो राष्ट्र हो।

चीनलाई आज भन्दा ७ वर्ष अगाडी नै यस्तै विमान रसियाले देखाएको थियो। तर त्यतिखेर भने दुई देशबीच यसमा कुनै सम्झौता हुन सकेन। यतिखेर आएर त्यतिखेर चीनले किन्ने भनिएकै विमानका नयाँ भर्सनमा दुई देश सहमत हुनुलाई भने अर्थपुर्ण मानिएको छ।

अन्तराष्ट्रिय सञ्जचारमाध्यमहरुले जनाए अनुसार रसिया र चीनबीच यो सम्झौता अमेरिकालाई जवाफ हो।

केही समय अघि अमेरिकी राष्ट्रपति बाराम ओबामा एसियाको भ्रमणमा थिए। ओबामाले इण्डोनेसिया, जापान, फिलिपिन्स, भियतनाम र मलेसिया जस्ता देशलाई २५० मिलियन डलर भन्दा बढिका अमेरिकी हातहतियार सहयोग गर्ने घोषणा गरेका थिए।

त्यसैको जवाफ स्वरुप रसिया र चीनबीच यो सम्झौता भएको बताइएको छ । अमेरकाले आफ्ना संभावित गठबन्धनमा रहेका देशलाई हतियार बाड्न लागेको  प्रतिक्रिया स्वरुपमा यस्तो सम्झौता भएको बताइन्छ। विश्लेषकहरुले सुखोइ-३५ अमेरिकी लडाकु विमान एफ-३५ को जवाफ भएको बताएका छन्।

चीनले रसियलाइ प्रति लडाकु विमान करिब ६५ मिलियन अमेरिकी डलर तिर्देछ।

सुखोइ-३५ का यस्ता छन् विशेषता:

उच्च गति: २,५०० किलोमिटर प्रतिघण्टा

लामो रेञ्ज: ३,६०० किलोमिटर

निकै कम तौल: १८,४०० किलोग्राम