२६ मंसिर, एजेन्सी ।

मंगोलियाले चीनले आफ्नो देशमाथि नाकाबन्दी गरेको जनाएको छ । चीनले पृथकताबादी मान्ने तिब्बती धर्मगुरु दलाइ लामाले मंगोलिया भ्रमण गरेको विरोधमा चीनले मंगोलियामाथि नाकाबन्दी गरेको हो ।

२ पटक सम्म नाकाबन्दीको प्रसंग आएपछि प्रणवले कुरा मोडे

चीनको सीमा क्षेत्रबाट मंगोलिया जाने गान्ट मोड क्रशिङमा सयौंको संख्यामा मालबाहक ट्रकहरु रोकिएको बताइएको छ । मंगोलियाको सीमा क्षेत्रमा सयौं सवारी साधन र मालबाहक ट्रक रोकिएका दृष्य सार्वजनिक भएका छन् ।

china-blockade-on-mangolia नाकाबन्दीका कारण माइनस २० डिग्री सेल्सियस सम्मको कठ्याङ्ग्रिने चिसोमा ट्रक ड्राइभरहरुले सीमा क्षेत्रमा रात विताइरहेको समाचारमा जनाइएको छ ।

दलाइ लामालाई चीनले पृथकताबादी नेता मान्ने गरेको छ । उनको भ्रमणलाई लिएर मंगोलियासँग चीन क्रुद्ध बनेको थियो ।

नाकाबन्दी देखि सर्जिकल अपरेशन सम्मः भारतीय मास्टर माइण्ड ‘अजित डोभाल’

सन् १९९५ मा चीनबाट भागेपछि दलाइ लामा भारतमा बस्दै आएका छन् । त्यसपछि चीनले उनलाई अन्तराष्ट्रिय कुटनीतिक बहिस्कारको रणनीति अपनाएको छ ।

dalai-lama-2

केही समय अघि मात्र भारतले नेपालमाथि नाकाबन्दी गरेको थियो । त्यतिबेला चीनले भारतलाई साना देशलाई हेप्न नहुने पाठ पढाएको थियो । अहिले भने चीनले पनि भारतले जस्तै ब्यवहार देखाएको विश्लेषकहरुले बताएका छन् ।

प्रचण्डलाई फेल गराउने ओलीको अर्को रणनीति