१७ भदौ, एजेन्सी ।

चीनको एक राष्ट्रिय पत्रिकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातमा आरक्षण आन्दोलन चलाइरहेका हार्दिक पटेलको समर्थन गर्दै समाचार प्रकाशित गरेपछि भारतमा तीव्र प्रतिक्रिया देखिएको छ ।

भारतीय सञ्चार माध्यममा चीनले हार्दिक पटेललाई समर्थन गरेको र मोदीको गुजरात मोडलमाथि प्रश्न उठाएको बताएका छन् ।

gujrat danga 5

मोदीको गुजरात मोडल गलत भएकै कारण हार्दिक पटेलको आन्दोलन चर्किएको चिनियाँ पत्रिकाको विश्लेषण छ । चीनको ग्लोबल टाइम्सले प्रधानमन्त्री नरेन्द्र मोदीको चर्को आलोचना गर्दै प्रकाशित गरेको समाचारले भारतमा तरंग पैदा गरेको हो ।

गुजरात हल्लाएका हार्दिक पटेलको गोप्य भिडियो सार्वजनिक (भिडियो सहित)

मोदीले संसारलाई देखाउन खोजको समृद्ध भारतमाथि पनि पटेलको आन्दोलनले प्रश्न चिन्ह लगाइदिएको ग्लोबल टाइम्सको विश्लेषण छ ।

यस अघि गुजारतमा आन्दोलन चर्काएका हार्दिक पटेलको यौन भिडियो सार्वजनिक भएपछि हंगामा भएको थियो ।

यो पनि हेर्नुस्

२२ वर्षका युवकले हल्लाइदिए मोदीको राज्य, को हुन् यी युवक (फोटो फिचर)