२५ भदौ, एजेन्सी।

चीनले देशभरमा २० हजार किलोमिटर को रेल सञ्जालको काम सकेको छ।china bullet train 161617814

हेनान प्रान्तको झेन्झउ र जियाङ्सु प्रान्तको छुझउलाई जोड्ने रेल मार्गको काम सके संगै अब चीनमा कुल रेल सञ्जाल २० हजार किलोमिटर पुगेको छ। यो बुलेट रेल ट्र्याक हो र चीनको रेल सञ्जाल विश्वकै सबैन्दा लामो बुलेट रेल ट्र्याक बनेको छ। कुल विश्वको ६० प्रतिशत रेलमार्ग चीनमा छ।

पहिले ११ घण्टा लाग्ने छियान र सांघाईको बाटो अब चिनियाँहरु ६ घण्टामै पुग्न सक्छन्। यो बाटोमा नौ वटा स्टेशन छ र रेल ३०० किलोमिटर प्रतिघण्टाको गतिमा यो ट्र्याकमा कुद्छ।

यो रेल मार्ग २०१३ को डिसेम्बरमा सुरु भइ २०१६ को अप्रिलबाट परीक्षण सुरु गरिएको थियो।