१० चैत, काठमाडौं।

तीन दिने नेपाल भ्रमणको लागि बिहीबार काठमाडौं आएका चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले चीनले नेपालको विकास र रक्षा क्षेत्रमा गरेको सहयोगको प्रशंसा गरेका थिए ।

यो पढ्नुस्: थ्रेस होल्डमा मधेसी दल विभाजित, ठूला दलले राम्रो गरे साना दल त्यत्तिकै बढारिन्छन्: केसी

रक्षामन्त्री चाङको नेपाल भ्रमणबाट चीन र नेपालको सम्बन्ध झनै सुमधुर हुने भन्दै प्रधानमन्त्रीले खुसी ब्यक्त गरे ।

चीनका रक्षामन्त्री चाङले पनि नेपाल चीनको असल मित्र भएकाले नेपाली नागरिक र नेपाली सेनासँगको सुमधुर सम्बन्ध रहेको भन्दै नेपालको प्रशंसा गरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. ऋषि अधिकारीले जानकारी दिए ।

नेपालको रक्षा क्षेत्रको लागि चीनले दुई सय मिलियन युनान दिने सहमतिमा शुक्रबार हस्ताक्षर हुने पनि परराष्ट्र सल्लाहकार अधिकारीले जानकारी दिए ।

रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा चाङको नेतृत्वमा १९ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल नेपालको औपचारिक भ्रमणमा आएको हो ।

प्रधानमन्त्री प्रचण्ड अाज बेलुका ६ दिने भ्रमणको लागि चीन प्रस्थान गर्दैछन्।

यो पढ्नुस्।
प्रधानमन्त्री प्रचण्डले ६ दिनसम्म चीनबाटै सत्ता चलाउने