२७ असार काठमाडौं
राजनीतिक दललाई खर्चको स्रोत खुलाउनु नपर्ने लगायतका छुट दिँदै निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुमोदन गरेको छ ।
आयोगले साउन ७ देखि मंसिर ४ सम्मका लागि आचारसंहीता लागु गर्ने जनाएको छ । सरकार, सरकारी नियन्त्रण र स्वामित्वका संस्था र स्थानीय निकाय, राजनीतिक दल, गैरसरकारी संघसंस्था र आमसञ्चार क्षेत्रमा आचारसंहिता लागु हुनेछ ।

आचारसंहीतामा राजनीतिक दलले चुनाव खर्चको स्रोत खुलाउनुनपर्ने, हिमाली तथा पहाडी ११ जिल्लामा निर्वाचन प्रचारका लागि हेलिकप्टर प्रयोग गर्न पाउने छुट आचारसंहीताले दिएको छ । अन्य जिल्लामा भने हेलिकप्टर प्रयोग गरेर नेताहरु चुनाव प्रचार प्रसारमा जान पाउने छैनन् ।

दलहरुले चुनाव खर्चको स्रोत जुटाउनुपर्ने आयोगको प्रस्तावको विरोध गरेका थिए । त्यसपछि आयोगले उक्त प्रस्ताव हटाएको थियो । राजनीतिक दलका नेताहरुले भने सवै जिल्लामा हेलिकप्टर प्रयोग गर्न पाउनुपर्ने अडान राख्दै आएका थिए । आयोगको आचारसंहीता अनुसार सोलुखुम्वु, मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला लगायतका जिल्लामा हेलिकप्टर प्रयोग गर्न पाउनेगरि आचारसंहीता तयार पारेको छ ।