१८ फागुन, एजेन्सी।

सन् २०१५ मा एसएस राजामौलीको फिल्म ‘बाहुबली’ले बलिउड बक्स अफिसको सबै रेकर्ड तोडेको थियो। फिल्मको अन्त्यमा कटप्पाले बाहुबलीलाई मारेको चर्चा अहिलेसम्म पनि ताजै छ। यस्तोमा दर्शक बाहुबली पात्र प्रति सहानुभूती राख्दैआएका छन्, तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यूपी चुनावमा बाहुबली मार्ने पात्र कटप्पाको प्रशंसामा उत्रिए।

मोदीले एक चुनावी र्यालीलाई सम्बोधन गर्दै भने, ‘एक चलचित्र आएको थियो, ‘बाहुबली’। बाहुबली सिनेमामा त निकै राम्रो लाग्छ। केही समय उनमा दम पनि देखिन्छ। तर भन्छन् कि बाहुबली फिल्ममा एक कट्टप पात्र थिए। बाहुबलीको सबैकुरा उसले ध्वस्त गरिदिएको थियो।’

सोमबार भाषण गर्दै मोदीले बीजेपी (भारतीय जनता पार्टी) यूपीको सत्तामा आए सबै अपराधीलाई कटप्पाले झै निपट्ने बताएका छन। यो फिल्मको अन्त्यमा कटप्पाले बाहुबलीको हत्या गरेको थियो, मोदीले भने, ११ मार्चमा जब चुनावी नतिजा आउँछ तब बाहुबलीहरुको लागि मुस्किल हुनेवाला छ।

मोदीको यस्तो टिप्पणीलाई लिएर सामाजिक सञ्जालमा भारतीयहरु प्रश्न गर्दैछन्। रेडिटमा एक प्रयोगकर्ताले सोधे, ‘तपाईलाई थाहा छ फिल्ममा बाहुबली एक सकारात्मक पात्र थिए। तपाईलाई लाग्छ कि अखिलेशको शासनकाल बाहुबलीको जस्तो छ ? प्रधानमन्त्री जीले अखिलेशको शासनकाललाई राम्रो बताइदिए।’

ट्वीटरमा एक प्रयोगकर्ताले लेखेका छन्, ‘मोदी जीले बाहुबली २ को प्रमोशन अजीव तरिकाले शुर गरिदिए।’

ट्वीटरका अर्को प्रयोगकर्ता लेख्छन्, ‘मोदी जीले कटप्पालाई कट्टप भने। उनले यो पनि भने कि सबै बाहुबलीहरु समाप्त गर्नेछन्। तैपनि हामी अहिलेसम्म जान्दैनौ कि कटप्पाले बाहुबलीलाई किन मारेका थिए ?’