२ असार, काठमाडौं ।

प्रदेश नम्बर २ को चुनाव सार्ने सरकारको निर्णय विरुद्ध नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले प्रदर्शन सहित आन्दोलन गरेको छ । अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला समेत जलाएको छ ।

अनेरास्ववियुका कार्यकर्ताले काठमाडौंको भृकुसट मण्डप प्रदर्शनी मार्गमा जम्मा भएर सरकार विरुद्ध नारावाजी गर्दै प्रधानमन्त्री देउवाको पुत्ला जनाएका थिए । अनेरास्ववयुले चुनावको मिति सार्ने सरकारको कदम विरुद्ध आन्दोलनका थप कार्यक्रम पनि सार्वजनिक गरेको छ ।

उसले प्रदेश नम्बर २ का विभिन्न जिल्लामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको अनेरास्ववियुका प्रवक्ता आर स लामिछानेले जानकारी दिए ।