Prachanda one९ भदौ, काठमाडौ । एकीकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले मंसीर चारमै चुनाव हुने दावीगर्दै घोषित मितिमै चुनाव हुने विषयमा शंका गर्नु नपर्ने बताएका छन ।

‘निर्वाचन हामीले घोषणा गरेको हो, मंसीर चारमै चुनाव हुन्छ, अध्यक्ष प्रचण्डले भने–चुनाव हुन्नकि भन्ने आशंका नगरौ ।’ एमाओबादीको काठमण्डौं क्षेत्र नम्बर १० मा आयोजित कार्याक्रमलाई आज सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कुनैपनि शक्तिले अब मंसीरको चुनाव रोक्न नसक्ने बताएका हुन ।

प्रचण्डले नेकपा माओबादीलाई अझैपनि चुनावमा सहभागि गराउने प्रयास भइरहेको बताउर्दै भने ‘चुनाव बहिस्कार गर्नु नेकपा माओवादीकै लागि आत्मघाती हुनेछ ।’ नेकपा माओबादीसँग सहमतीको संभावना अझै बाँकी रहेको प्रचण्डले दावी गरे ।

प्रचण्डले पहिचारन सहितको संघियताका लागि मंसिर चार मै निर्वाचन गर्नुको विकल्प नभएको बताउदै संघियता पक्षधरलाई दुइतिहाइ मतले जिताउन आग्रह गरेका छन । विगतको संबिधान सभाको निर्वाचन पछि आफुलाई प्रतिक्रियावादीले नौ महिनापनि सरकारमा रहन नदिएकाले जनताको अपेक्षा अनुसार काम हुन नसकेको प्रचण्डको भनाइ थियो ।