२६ वैशाख, काठमाडौं ।
सबैभन्दा कठिन लिग मानिने इङिलस प्रिमियर लिग चेल्सीले आफ्नो पोल्टामा पार्ने सुनिश्चित गरेको छ । गएराती मिडल्सवर्गलाई ३–० गोलले पराजित गर्दै चेल्सीले यो वर्षका लिग उपाधि जित्ने सम्भावनालाई लगभग सुनिश्चित गरेको हो ।

३५ खेल सकिंदा र ३ खेल बाँकी हुँदा चेल्सीको ८४ अंक भएको छ । चेल्सीलाई टक्कर दिंदै आएको टोटनहम ३५ खेल खलिसक्दा ७ अंकले पछि छ अर्थात उसको ७७ अंक छ । अब बाँकी तीन खेलमा नाटकीय अवस्था देखिएन भने चेल्सीले लिग सहज रुपमा जित्नेछ । अबको एक खेल जिते चेल्सीले दुई खेल अगावै लिग जित्नेछ । टोटनहमले जित्न तीनवटै खेल जित्नुपर्ने र चेल्सीले तीनवटै खेल हार्नुपर्ने हुन्छ । जुन सम्भव हुन निक्कै गाह्रो छ ।

रेलिगेसनमा पर्न लागेको मिडल्सवर्गलाई सहजरुपमा ३–० हराएको खेलमा चेल्सीका लागि डिएगो कोस्टाले २३, मार्कोस एलन्सोले ३४ र म्याटिकले ६५ औं मिनेटमा गोल गरे ।