८ माघ, काठमाडौँ।
उपप्रधानमन्त्री कमल थापाले छिट्टै स्थानीय निकायको निर्वाचनको मिति तोकिने बताएका छन् ।

स्थानीय विकास पत्रकार समाज नेपालले आज यहाँ आयोजना गरेको ‘नयाँ संविधानमा स्थानीय सरकार एवम् स्थानीय तहका कर्मचारी अवसर र सम्भावना’ विषयको अन्तक्र्रियामा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री थापाले अहिले सम्पूर्ण अधिकार केन्द्र क्षेत्रमा रहने भएकाले स्थानीय निकायको निर्वाचन मिति छिट्टै तोकिन्छ भने ।

उनले आगामी दिनमा जनसहभागिता, सौर्य ऊर्जा, घर घरमा सौर्य बत्ती, सीमा क्षेत्र विकास कार्यक्रम लगायतको कामलाई सरकारले प्राथमिकतामा राखेर अघि बढ्ने विश्वास दिलाए।

मन्त्रालयका सचिव माधव रेग्मीले स्थानीय तहको विकासको काम अघि बढाउनुपर्नेमा जोड दिए। कार्यक्रमका सहभागीले लामो समयदेखि स्थानीय निकायमा कार्यरत अस्थायी तथा ज्यालादारी कर्मचारीलाई स्थायी गर्न र मनपरी कर्मचारी नियुक्ति गर्ने प्रवृत्ति हटाउन माग गरेका थिए । रासस

बङ्बन्धु गोल्ड कप फाइनल : नेपाल VS बहराइन (लाइभ भिडियो)

रंगेली घटनाको योजनाकार राजेन्द्र महतोः युवा संघ

विराटनगरको घटना दुर्भाग्यपूर्णः प्रचण्ड