१७ असोज, बैतडी ।

भन्सार कार्यालय झुलाघाटअन्तर्गतका छोटी भन्सार कार्यालयहरु बन्द भएपछि कर्मचारी कामविहीन हुँदा अन्य ठाउँमा काजमा गएका छन् ।

छोटी भन्सार कार्यालय धर्मघाट, जौलजिबी, दत्तु तथा तिङ्कर छोटी भन्सार कार्यालयमा कार्यरत कर्मचारीहरुअन्यत्रै भन्सार कार्यालयमा काजमा गएका हुन् ।

दार्चुला र बैतडीको संयुक्त भन्सार कार्यालय झुलाघाटमा दरबन्दीमा कर्मचारी काजमा रहेको निमित्त भन्सार कार्यालय प्रमुख दिल्लीराज सुवेदीले बताउनुभयो । उनले भने – “भन्सार कार्यालयमा कार्यरत रहेका १२ जना खरिदार काजमा अन्तै गएका छन् ।”

अहिले भन्सार कार्यालय झुलाघाटअन्तर्गत एकजना अधिकृत, चारजना नायब सुब्बा, १२ जना खरिदार र चारजना कार्यालय सहयोगी कार्यरत रहेका छन् । रासस