३० पुस, जकार्ता।
इन्डोनेसियाको राजधानी जकार्तामा बिहीबार शृंखलाबद्ध रुपमा विस्फोट र आक्रमण भएको समाचार छ ।

jakarta bomb defending police

जकार्ताको मध्य सहरमा रहेका विभिन्न देशका दूतावासहरुका साथै संयुक्त राष्ट्रसंघीय कार्यालयको नजिक पारेर ती विस्फोट र बन्दुक हमला भएका छन् ।

साथै सहरको मध्य भागमा रहेको एक क्याफे लगायतका स्थानलाई पनि हमलाकारीले निशाना बनाएको प्रारम्भिक रुपमा देखिएको एएफपीले बताएको छ ।

ती आक्रमणमा परी चार जनाको ज्यान गएको पुष्टि भएको छ । हमलाको बारेमा पूर्ण विवरण आइसकेको छैन । प्रहरीले त्यस आक्रमणमा सम्लग्नहरुलाई खोजी गरिरहेको जनाएको छ ।

घटनाको अनुसन्धान सुरु भएको र थप विवरणहरु प्राप्त नभएका जनाइएको छ । यस घटनाको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन ।

तर पनि सरकारी सुरक्षा अधिकारीहरुले भने यसमा आइएसको सम्लग्नताको आशङ्का गरिरहेका जनाइएको छ ।

इन्डोनेसियाली राष्ट्रपति जोको विदोदोले इन्डोनेसियामा बिहीबार भएको विस्फोटको घटना आतङ्कवादी क्रियाकलाप हो भनेका छन।

राष्ट्रपति जोकोले यस्ता क्रियाकलापबाट इन्डोनेसिया र इन्डोनेसियाली नागरिक नडराउने पनि स्पष्ट गर्नुभएको राजधानी जकार्ताबाट बिहीबार प्राप्त समाचारमा जनाइएको छ ।

इन्डोनेसियामा बिहीबार शृंखलाबद्ध विस्फोट भएको र एक ठाउमा भने बन्दुकधारीले नै हमला गरेका जनाइएको थियो । सो विस्फोटमा परी कम्तीमा पनि चार जनाको ज्यान गएको छ । सो हमलामा अरु कैयौँ घाइते पनि भएका छन् ।

यस विस्फोटलाई आतङ्कवादी कार्य भन्दै उनले यस्ता आतङ्ककारी क्रियाकलापबाट इन्डोनेसिया कहिल्यै पनि पराजित नहुने बताए ।

उनले सबै नागरिकलाई शान्त र संयम रहन पनि आग्रह गरेका छन् । देशमा सार्वजनिक शान्ति र सुव्यवस्था खल्बलाउने तत्वले यस्तो विस्फोट गराएको बताए ।

यस्तो आतङ्कबाट इन्डोनेसियाली सरकारलाई आफ्नो देश र जनताको सुरक्षा प्रदान गर्ने काममा कुनै पनि अवस्थामा बिचलित नबनाउने पनि उनले बताए।
यस आक्रमणको जिम्मेवारी भने अहिलेसम्म कसैले लिएको छैन ।

यो पनि पढ्नुस्।

टर्कीमा प्रहरी हेडक्वाटरमै पड्कियो बम

सरकार परिवर्तनसंग जोडियो तीन दल मोर्चाको सहमति

२४ कलाकारको तस्बिर एउटै क्यालेन्डरमा