७ जेठ, धनुषा ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो चरणको निर्वाचन हुनेमा आशंका नगर्न आग्रह गरेका छन् । माओवादी केन्द्रको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन जनकपुर पुगेका प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन पछि दोश्रो चरणको निर्वाचन हुने बताए ।

उनले दोश्रो चरणको निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपाल समेत सहभागी हुने विश्वास व्यक्त गरे। संविधान संसोधन नभएसम्म चुनावमा भाग नलिने मोर्चाले बताइरहेका बेला प्रधानमन्त्रीले प्रधानमन्त्री प्रचण्डले मधेशको सम्पुर्ण माग एकै चोटी पुरा नभए पनि क्रमबद्ध रुपमा सम्बोधन गर्ने पक्षमा सरकार गम्भीर रहेको बताए ।