१३ साउन, काभ्रे ।

राष्ट्रिय मधेश समाजबादी पार्टीका राष्ट्रिय अध्यक्ष शरदसिंह भण्डारीले सिमाङ्कन बिनाको संबिधान लङ्गडो हुने बताएका छन् । उनले पार्टी संगठन बिस्तारको क्रममा काभ्रेको बनेपामा आयोजित जिल्ला समितिको घोषणा र कार्यालयको उद्घाटन गर्दै उक्त कुरा बताएका हुन् ।

अध्यक्ष भण्डारीले काँग्रेस, एमाले, एमाओबादी र लोकतान्त्रिक फोरमलाई ८ प्रदेशको सिमाङ्कन गरेर देखाउन चुनौती दिँदैं प्रदेश संख्याको बिषयमा एक मत भएका दलहरु किन सिमाङ्कन गर्न तयार हुँदैनन भन्ने आशंका ब्यक्त गर्दै सिमाङ्कन बिनाको संबिधान जारी गरे त्यो अपाङग हुन्छ ,न हिड्न सक्छ न दौडन नै सक्छ भण्डारीको भनाइ थियो ।

sharat singh bhandari

आफनो पार्टीले १६ बुँदे सम्झौतामा सहमति जनाएको भएपनि सर्बाेच्च अदालते कानुनी त्रुटी सच्च्याउँदै सिकाङ्कन गरेर संबिधान जारी गर्न दिएको निर्देशन अटेर गरेकाले १३ बुँदे असहमति पत्र दर्ता गराउन बाध्य भएको भन्दै अबको संबिधानमा सम्पूर्ण बिभेदको अन्य गर्दै समानुपातिक अधिकारको प्रतयाभुति नगर्ने हो भने बिभेदले बिद्रोह, बिद्रोहलेबिखण्डन निम्तन सक्ने कुरालाई ध्यान दिन समाजबादी पार्टीका अध्यक्ष शरदसिंहले आग्रह गरेका छन् । भण्डारी थप कथन थियो, कुनै नेताले चाहेर देश नटुक्रने तर जनताले चाहे देश टुक्रन सक्छ ।