फिल्म प्रमोशनसको शिलशिलामा हिड्दा निकै व्यस्तता हुन्छ, तापनि यो व्यस्तताको वावजुद नायिका आफ्नो प्रेमीको याद गर्दैनन् भन्ने हुँदैन। आलिया भट् र रणवीर कपुर अहिले बलिउडमा सबैभन्दा बढी चर्चामा रहेका जोडी हुन। प्रत्येक घटनामा हेडलाइन्स बनाउने जोडी। यो जोडी अहिले आफ्नो करिअरकै व्यस्त समयमा छन् र छिट्टै संगै फिल्ममा देखिने भएका छन्।

हालै एक अन्तर्वार्ताको क्रममा, फिल्म ‘कलंक’ का सबै कलाकार एकसाथ थिए, जहाँ एक मिठो घटना घट्यो, जसले इन्टरनेटमा राम्रो चर्चा कमाइरहेको छ। जब कलाकारहरुलाई प्रश्न गरिदै थियो, नायक वरुण धवन सोफाको एक कुनामा आलियाको कपाल चलाउँदै थिए। तब आलियाले झट्ट रणवीरको नामले वरुणलाई सम्बोधन गरिन। यो सुनेर उनका सहकर्मी वरुण, सोनाक्षी र आदित्य हास्न थाले, आलिया लजाइन।

alia and ranbir 1395006.jpg

निर्देशक अभिशेक भर्मनको फिल्म ‘कलंक’ मा आलिया भट्, वरुण धवन, आदित्य रोय कपुर, सोनाक्षी सिन्हा, माधुरी दिक्षित, संजय दत्त आदिको भुमिका छन्। फिल्म अप्रिल १७ मा रिलिज हुनेछ।