टिप्पणी ।

संविधानसभाबाट ९० प्रतिशत भन्दा बढी सभाषदले हस्ताक्षर गरेको संविधान जारी हुने मिति तय भैसकेपछि हतार हतार नेपाल आएका भारतीय विदेश सचिव एस जयशंकरले नेताहरुलाई चेतावनी दिएका दिए “संविधान रोक्ने भए रोक्नुस् होइन भने जे पनि हुन सक्छ” ।

भारत नाकाबन्दीको हद सम्म जाला भन्ने अनुमान नगरेका नेपालका प्रमुख नेताहरु पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दुत जयशंकरसँग अलि कडा नै प्रस्तुत भएका थिए त्यतिबेला । त्यस मध्ये सबैभन्दा कडा भाषामा जयशंकरको भ्रमणलाई “गलत समय छनौट” भनेर फर्काइदिने एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड त्यतिबेला भारतीय मिडियामा पनि निक्कै तारोमा परेका थिए ।

congress mahaadhivesan khulla manch prachanda speaking

जयशंकर गएको केही दिनपछि संविधान जारी भएको खुसीयालीमा खुल्ला मञ्चमा आयोजित सभामा प्रचण्डले भारतको ‘एस म्यान’ बन्न नसक्ने खुला उद्घोष मात्र गरेनन् त्यसपछि निरन्तर भारतले गलत काम गरेको बताउँदै आएका छन् । प्रचण्ड संविधान बनाउने प्रक्रिया शुरु भए लगत्तै भारतको भ्रमण गरेर फर्किएका थिए । नेपाल आएर भारतको इच्छा ब्यक्त हुने भाषामा बदलाव ल्याएका प्रचण्ड भारतले संविधान जारी गर्ने मिति तोकिएपछि पठाएको विशेष दुत पठाएपछि भने आक्रामक देखिए । प्रचण्डको बोलीले दिल्लीसम्म खतरनाक तरंग पैदा गर्‍यो । केही दिन अघि मात्र सत्तारुढ भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोश्यारीलाई खुल्ला मञ्चमा उनले सोधे, “नेपालीले के त्यस्तो अपराध गरे जसका कारण नाकाबन्दी भोग्नु पर्‍यो?”

नेपालमाथि नाकाबन्दी लगाउने माहौलका मुख्य कारक र विवादास्पद एस जयशंकर यतिबेला नेपालमै छन् । सोमबार काठमाडौं आएका जयशंकरले काठमाडौंमा सार्वजनिक र कतिप गोप्यरुपमा राजनीतिक भेटघाट गरेर पोखरा गएका छन् । विदेशमन्त्री स्तरीय सार्क बैठकमा सहभागी हुन नेपाल आएका भएपनि जयशंकरको मुख्य मिसन प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई कमजोर बनाउनु हो । जयशंकरले म्याराथुन भेटघाटमा मंगलबार नै प्रधानमन्त्री ओली देखि नवनिर्वाचित कांग्रेस सभापति शेर बहादुर देउवा र नयाँ शक्तिमा बाबुराम भट्टराई मात्र होइन आन्दोलनको प्रेस्क्रिप्सन सोध्ने मधेशी नेताहरुलाई पनि भेट्न भ्याए । विदेशसचिव एस जयशंकरले मधेसकेन्द्रित मोर्चाको आन्दोलनले मधेस भर्सेज काठमाडौंको स्थिति ल्याएकोमा असन्तुष्टि जनाउँदै अब मधेस भर्सेस राज्य हुनुपर्ने सुझाव मधेसी नेतालाई उद्धृत गर्दै एक राष्ट्रिय दैनिकले जनाएको छ । मधेशीलाई राज्यविरुद्ध आन्दोलन गर्न सुझाव दिएका जयशंकरले बाबुरामलाई विकाशको मुद्धा समात्न सुझाव दिए भने ओलीलाई भने निर्णय क्षमताका लागि प्रशंसा गरे ।

Jay shankar vet with oli

फाइल तस्विर

तर चाखलाग्दो कुरा अघिल्लो पटक आउँदा प्रचण्डबाट झट्का लाग्ने जवाफ पाएका जयशंकरले प्रचण्डलाई भेट्ने लेठो यस पटक गरेनन् । यो भेटघाटको सूचीमा प्रचण्ड नपर्नुमा धेरैवटा कारण भएको जानकारहरु बताउँछन् ।

१.नाकाबन्दीको निरन्तर विरोध
प्रचण्डले नाकाबन्दी लगाउने भारतमाथि नाकाबन्दी कायम रहेको समयमा र त्यसपछि पनि निरन्तर आक्रमण गरिरहेका छन् । उनले भारतले भयानक गल्ती गरेको दोहोर्‍याउँदै भारतले नाकाबन्दी किन लगाएको हो जवाफ दिनु पर्ने माग सार्वजनिक मञ्चबाट गरिरहेका छन् । कुनै बेला भारतलाई युद्धको भन्दा निकृष्ठ ब्यवहार गरेको आरोप लगाउने प्रधानमन्त्री ओलीले भारत भ्रमणबाट फर्केपछि भारत र नेपालबीचको असमझदारी हटेको दोहोर्‍यान थालिसक्दा पनि आफ्नै नेपाल भ्रमणपछि आफ्नै सुझावमा लगाइएको नाकाबन्दीमाथि पटक पटक प्रश्न उठाएका प्रचण्डलाई जयशंकरले भेटको उपयुक्त पात्र ठानेनन् ।

२. ओली सरकारको समर्थन
प्रचण्डले भारतले मन नपराएको संविधान कार्यन्वनका लागि जोड दिँदै भारत विरोधी माहौलमा बनेको ओली सरकारलाई नै राष्ट्रिय सरकारकोरुप दिने भन्दै लागिरहेका प्रचण्डको कदम पनि जयशंकरको भेटको सूचीमा नपर्नुको कारण रहेको बताइन्छ । प्रचण्डलाई नभेटेर जयशंकरले भारत ओली सरकार होइन यसको विकल्प चाहन्छ भन्ने घुमाउरो सन्देश दिन चाहेको जानकारहरु बताउँछन् । सरकारमै रहेका ओलीलाई प्रशंसाले फुरुक्क पारेपनि त्यही सरकारमा रहेको दोश्रो ठूलो दलका नेता प्रचण्डलाई भेट्न जयशंकरलाई उपयुक्त लागेन । चीन भ्रमणको पूर्वसन्ध्यामा ओलीलाई प्रशंसा गर्नुको रहस्य घाम जत्तिकै छर्लङ्ग भएपनि प्रचण्ड प्राथमिकतामा नपर्नुको भित्री कारण खुल्न बाँकी छ ।

३. पुरानो होइन नयाँ शक्ति
मोदीका दुत जयशंकरले नेपालमा अव प्रचण्ड होइन भारतका लागि बाबुराम नै प्राथमिकताका पात्र हुन् भन्ने स्पष्ट सन्देश दिएका छन् । प्रचण्ड होइन नाकाबन्दीको खासै विरोध नगरेका र आन्तरिक समृद्धीमा जोड दिँदै आएका नयाँ शक्ति गठनमा लागेका बाबुराम उनको रोजाइमा परे । भेटका अवसरमा बाबुरामले ओली सरकारको आलोचना गर्दै नयाँ शक्तिका लागि भारतीय सहयोग आवश्यक रहेको ब्रिफिङ गर्दा जयशंकरले पूर्ण सहयोगको आश्वासन दिएको श्रोतको दावी छ । बाबुरामसँगको भेटमा एमाओवादीको नेतृत्व (प्रचण्ड) भारतप्रति आक्रामक र चीनप्रति विशेष नरम देखिएको गुनासो समेत जयशंकरले गरेको बताइएको छ ।

ओली सरकार ढाल्नेतिरै हो त सुर ?

ओलीलाई भेटेर जयशंकरले दिएको अनौठो सन्देश