२० जेठ, काठमाडौं ।

गत १२ बैशाखमा गएको विनाशकारी भूकम्पका कारण गोरखाका विभिन्न स्थानमा अझै पनि लाशहरु बेबारिसे रहेको भन्दै एमाओवादीका नेता एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सरकारलाई संवेदनशील बन्न आग्रह गरेका छन् ।

baburam deadbody status

उनले फेसबुकमा भीरमा फेला परेको तस्विर सार्वजनिक गर्दै यस्तो आग्रह गरेका हुन् ।

उनले लेखेका छन्ः

महाभूकम्पको डेढ महिना पछि पनि उत्तरी गोरखाको लापुवेसी र माछाखोलाको वीचबाटोमा पुरिएका शव यसरी अलपत्र छोडिनु शोभनीय भएन! अन्यत्र थुप्रै ठाउँमा यस्तो स्थिति हुनसक्छ! सबै र मुख्यतः राज्यपक्ष संवेदनशील र जिम्मेवार बन्नुपर्यो!