१६ पुस, एजेन्सी।

अमेरिकी राष्ट्रपति बाराक ओबामाका दिन अब ह्वाइट हाउसका धेरै छैनन्। उनले जनवरी २० मा सत्ता नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हस्तान्तरण गर्नु पर्नेछ। जादाँ जाँदै बाराक ओबामले आफ्नो मुलुकमाथि ह्याकिङ गरि हस्तक्षेप गरेको भन्दै रसियालाई दण्डित गर्न चाहे। दण्डस्वरुप उनले ३५ रसियान अधिकारीहरुलाई देश निकाला गरे।putin-obama-15247011

यो पढ्नुस: अमेरिकाले ३५ रुसी कूटनीतिज्ञ निकाल्यो, ७२ घण्टे अल्टिमेटम

जब अमेरिकाको यस्तो कदम सार्वजनिक भयो, रसियाले पनि बदला स्वरुप केही कदम चाल्ने अनुमान अनेपेक्षित थिएन्।

तर रसियाले अत्यन्त भद्रताका साथ कदम उठायो भने आफ्ना अधिकारीहरुलाई देश निकाला गरेको अमेरिकामाथि कुनै किसिमको कारवाही गर्ने पुटिनले इन्कार गरे।

जन पुटिनबाट यस्तो निर्णय आयो, सत्तामा आसिन हुन लागेका डोनाल्ड ट्रम्पले त्यसको प्रशंसामा ट्विट गरिदिए । यो वास्तवमा एउटा ‘इनसल्ट’नै थियो।

यो पढ्नुस्: पुटिनको मोहमा डोनाल्ड ट्रम्प ?

डोनाल्ड ट्रम्पले आफूले राष्ट्रपतिको कार्यभार सम्हालेपछी यो अमेरिकी कदम उल्ट्याउने संभावना पनि उत्तिकै छ। वास्तवमा कुनै  बदला नलिने पुटिनको निर्णय बाराक ओबामालाई गिज्याए जस्तो देखिएको जानकारहरुले प्रतिक्रिया दिएका छन्।

अमेरिकी रसिया विज्ञ तथा सिएनएनका पूर्व रसिया ब्युरो प्रमुख जिल डगहर्टीले पुटिनको निर्णय ओबामा प्रशासनको भयंकर अपमान भनेर प्रतिक्रिया दिएकी छिन्। उनले भनेकी छिन्- यो एउटा आश्चर्यजनक कदम हो। पुटिन अपेक्षा नै नगरिएको कदक चाल्न माहिर छन् तर यो वास्तवमै अनपेक्षित हो।’

तर पुटिन यही पनि रोकिएनन्। ओबामाका  कदमलाई ‘मजाक’ सावित गर्दै पुटिनले अमेरिकी कुटनीतिज्ञहरुका बालबालिकालाई क्रेमिलिनमा क्रिसमस पार्टीको आमन्त्रणनै पठाए।


जानकारहरुले यसलाई डानाल्ड ट्रम्पकै भाषामा पुटिनले ओबामालाई ‘आउट स्मार्ट’ गरिदिएको बताएका छन्।