कुशल श्रेष्ठ

जाडोमा मात्र नभई हरेक मौसममा धुँवा धूलो र प्रदूषणले गर्दा ओँठको साथसाथै अनुहारको छाला फुस्रो हुने, फुट्ने जस्ता समस्या आउन सक्छन्। यस्तो अवस्थामा पेट्रोलियम जेल्ली अथवा लिप केयरको प्रयोग गरेर कहिबेर सम्म त ओँठलाई नरम बनाउन सकिन्छ। तर फेरि प्रदूषणले गर्दा उस्ताको उस्तै हुन जान्छ।

Soft Lipsतर, ओँठलाई पुरै दिन फ्रेस र नरम बनाइराख्नको लागि केहिछिनको हेरविचारको मात्रै जरुरत पर्दछ, तर तपाईँले केहि दिनसम्म दिनहुँ गर्नुपर्ने हुन्छ। हेरौँ, आफ्नो ओँठलाई गुलाबी र नरम बनाउने घरेलु उपायहरूको बारेमाः

१. यदि तपाईँको ओँठ सुकेर फुट्न थालेको छ भने, राति सुत्नुभन्दा पहिले अनुहारलाई राम्ररी धुनुहोस् र ओँठलाई पनि सफा गर्नुहोस्। त्यसपछि, ओँठमा हलुका मात्रामा नौनी अथवा घरेलु घ्यू लगाउनुहोस्, यसले ओँठको छालालाई अपत्यारीलो तरिकाले नरम बनाउन सहयोग पुर्याउँदछ।

२. यदि तपाईँ आफ्नो ओँठलाई हरेक मौसममा स्वस्थ र नरम राख्न चाहनुहुन्छ भने, गाढा रातो गुलाफको फुललाई केहि घण्टासम्म पानीमा भिजाउनुहोस् र त्यसको पत्तालाई ओँठमा राखेर नियमित मोल्नुहोस्। यसले तपाईँको ओँठलाई प्राकृतिक तरिकाले गुलाबी र नरम बनाइराख्दछ।Red Rose

३. राति सुत्नेबेलामा छाला फुटेको ठाउँमा (ओँठ, गाला, हत्केला, पाइतला, कुर्कुच्चा, आदि) ग्लिसरीन लगाउँदा लाभ मिल्दछ। अलैँचीलाई पिसेर त्यसमा नौनी मिलाएर सात दिनसम्म दिनहुँ लगाउँदा पनि फुस्रो छालाबाट छुट्कारा पाउन सकिन्छ। गुलाफको फूललाई मसिनो गरेर पिसेर, त्यसमा थोरै दूध मिसाएर ओँठमा लगाउँदा पनि फुटेको ओँठबाट राहत पाउन सकिन्छ।

४. हरेक दिनको बिहान उठेपछि र बेलुका सुत्नुभन्दा अगाडि कम्तीमा ५ वटा बदाम खाँदा पनि ओँठ फुट्ने समस्या हट्दछ।Ghee

५. जुनसुकै मौसम होस्, शरीरको छाला र ओँठलाई यसको कुनै प्रभाव पर्न नदिनको लागि शरीरमा भिटामिन-ए र बी कम्प्लेक्सको कमी हुनुहुँदैन। यसको लागि आफ्नो दैनिक आहारमा हरीयो सागपात, दूध, घ्यू, ताजा फलफूल र जुस मिसाउनुहोस्।

६. नुहाउनुभन्दा पहिला हत्केलामा थोरै ‘बदामको तेल’ राखेर मोल्नुहोस् र थोरै ओँठमा पनि लगाउँदा फाइदाजनक हुन्छ।

यो पनि हेर्नुहोस्-
ओँठ हेरेर थाहा पाउन सकिने मानिसका रहस्य
हाम्रो ओंठ किन सुख्खा हुन्छ ? ८ कारण र बँच्ने उपाय
यस्ता ओंठ हुने सबै भन्दा कामुक