५ कात्तिक, काठमाडौं।

भ्रमणकारी टोली न्युजिल्याण्डसँग दोस्रो एकदिवसीय खेलमा जित्दाजित्दै हारेपछि भारतीय संचारमाध्यमले आफ्नो क्रिकेट टोलीको धज्जी उडाएका छन् । २४३ रनको लक्ष्य पछ्याएको भारत अन्तिम ओभरको तेस्रो बलमा २३६ रनमा समेटिंदा ६ रनले पराजित हुन पुगेको थियो । भारतको हारपछि ४ सिरिजमा १-१ अवस्था छ ।india-vs-new-zealand-532559

आजतकले तासको पत्ताझैं टप अर्डर ब्याट्म्यान ढल्दा भारतीय टिमले जित्दै गरेको खेल हार्न पुगेको लेखेको छ । टप अर्डरका ब्याट्सम्यानमा रोहित शर्मा १५, अजिन्का रहाने २८, कप्तान विराट कोहली ९, मनिष पाण्डे १९ रनमा आउट भएका थिए । भारतको पारीमा धोनीले ३९ र केएम जाधवले ४१ रनको उच्च योगदान दिए पनि हार जोगाउन सकेनन् ।

न्युजिल्याण्डका लागि भने केम विलियन्सन्ले ११८ रनको महत्वपूर्ण पारी खेले । बलिंगतर्फ टिम साउदीले ३, मार्टिन गुप्टिलले एकमात्र ओभर बलिगं गर्दै १ विकेट र बोल्टले पनि २ विकेटको महत्वपूर्ण योगदान दिए । अब तेस्रो एकदिवसीय मोहालीमा २३ अक्टोबरमा हुनेछ ।

एबपी न्यूजले पनि ११ वर्षपछि न्युजिल्याण्डविस्द्ध पहिलो हार हारेको उल्लेख गरेको छ । ओपनर फ्लम हुनु, कोहली जम्न नसक्नु, धोनीको करिश्मा खत्तम हुनु, अनुभवहीन मध्यनहीनक्रम र हार्दिक पाण्डेलाई पुछारमा ब्याटिंग गर्न पठाउनुलाई हारको कारण मानेको छ ।