५ माघ, काठमाडौं ।

नयाँ सरकार गठन भएयताको पाँच महिनामा मन्त्रीहरूले जिल्ला भ्रमणबापत भत्तामा २० लाख ५४ हजार बुझेका छन् । उनीहरूको भ्रमणका लागि हवाई टिकटमा ५१ लाख १६ हजार खर्च भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा प्रधानमन्त्रीसहित मन्त्री, राज्यमन्त्री तथा सहायकमन्त्रीको तलब–भत्ता सुविधा तथा भ्रमण खर्चमा सात करोड ५५ लाख ३९ हजार सकिएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

कम खर्च गर्ने मन्त्री
सहकारीमन्त्री हृदयराम थानी : २,१९,०००
पर्यटनमन्त्री जीवनबहादुर शाही : २,१६,६६०
भूमिसुधारमन्त्री विक्रम पाण्डे : २,१६,०५५
ऊर्जा राज्यमन्त्री सत्यनारायण भगत : २,१५,०५०
शिक्षा राज्यमन्त्री धनमाया विक : १,७५,१५०
श्रममन्त्री सूर्यमान गुरुङ : १,७०,९१५
कृषि राज्यमन्त्री राधिका तामाङ : १,६५,२०५
गृहमन्त्री विमलेन्द्र निधि : १,५६,९६०
भौतिकमन्त्री रमेश लेखक : १,५२,८४५
शिक्षामन्त्री धनीराम पौडेल : १,४६,०४०
अर्थमन्त्री कृष्ण महरा : १,३०,९१५
उद्योगमन्त्री नवीन्द्रराज जोशी : १,२६,५३०
सिँचाइमन्त्री दीपक गिरी : ६८,७७०
सरसफाइ राज्यमन्त्री दीपक खड्का : ४४,१४०
पर्यटन राज्यमन्त्री इन्द्र बानियाँ : १८,०००