एजेन्सी।

बलिउडकी ड्रिमगर्ल हेमा मालिनीले चर्चित टिभी अभिनेत्री ‘प्रत्यूषा बनर्जी’को कथित आत्महत्यालाई ट्वीटरमार्फत ‘मूर्खतापूर्ण’ भन्दै दुनियाँले संघर्ष गर्नेलाई आदर गर्छ, हार मानेर आफ्नो ज्यान लिनेलाई होइन भनेकी छिन्। उनको यस्तो कठोर ट्वीटलाई कतिपयले समर्थन पनि जनाएका छन् भने कतिले उनको आलोचना समेत गरेका छन्।Hema Malini and Pratyusha

गत अप्रील १ (शुक्रबार) को दिन टिभी शो ‘बालिका वधू’ की अभिनेत्रीलाई आफ्नै घरमा मृत अवस्थामा फेला पारिएको थियो र उनका ब्वाईफ्रेण्ड ‘राहुल राज सिंह’सँगको तनावपूर्ण प्रेमसम्बन्धको कारण उनले आत्महत्या गरेको आशङ्का गरिएको छ। यसै सन्दर्भमा हेमा मालिनीले ट्वीटमार्फत आफ्नो विचार पोखेकी थिइन्। उनको मान्यता छ कि कुनै पनि मानिसले आफ्नो जिन्दगीमा आएका हरेक मुश्किलको घडीमा संघर्ष गर्नुपर्छ, निराश भएर आफ्नो ज्यान नै फाल्ने काम त मूर्खतापूर्ण हुन्छ। यो जीवन त भगवानको उपहार हो, जुन जिउनको लागि हो, हार खाएर आफ्नो ज्यान त्याग्ने हाम्रो कुनै अधिकार छैन।

साथै उनले अभिनेत्री प्रत्यूषा जस्ता सेलिब्रिटीका आत्महत्या त भोका मीडियाहरूको लागि भोजनको स्रोत मात्रै हुने भनेर टिप्पणी पनि गरेकी छिन्।

यो पनि हेर्नुहोस्-
प्रत्युषाको कोठामा भेटियो रक्सीका बोटल र औषधी
राहुलका कारण छोरीको आत्महत्या- प्रत्युषाका बाबु-आमा
अर्थहिन आत्महत्या बालिका – हेमा मालिनी