१६ मंसिर, एजेन्सी।

सामाजिक सञ्जाल फेसबुसकका स्थापक तथा सिइओ मार्क जुकरवर्गले बुधबार फेसबुकमा दुइकुरा घोषणा गरे। पहिलो, मार्क र पत्नी प्रिसिला चानले छोरी भएको छ। र उनको नाम म्याक्स राखिएको छ। दोस्रो, छोरी जन्मेको खुसीमा ठुलो च्यारीटी गर्ने घोषणा गरे। उनले फेसबुकमा आफ्नो र पत्नीको जति सेयर छ त्यसको ९९ प्रतिशत रकम भावी पुस्ताको लागि आउने वर्षमा डोनेट गर्ने बताएका हुन।

mark and his daughter

चान-जुकरवर्ग इनिशिएटिवको नामबाट डोनेट गर्ने घोषणा उनले आफ्नो फेसबुक स्टाटस मार्फत गरेका हुन। साथै आफ्नो छोरी र पत्नीसंग जुकरबर्गले एक तस्बिर पनि सार्वजनिक गरेका छन्।

९९ प्रतिशत सेयर कति हुन्छ?
फेसबुकको कुल मुल्य ३०३ अरब डलर छ। जुकरबर्गसंग फेसबुकको ५४ प्रतिशत सेयर छ। त्यसको ९९ प्रतिशत करिब ४५ अरब डलर हुन्छ। यो रकम नेपाल, अफगानिस्तान र साइप्रसको कुल जिडिपी भन्दा दुइ गुणा हुन आउँछ। यो तीन देशको कुल जिडिपी २० अरब डलरको आसपास हुन आउँछ।

यो रकम विश्वको १०६ देशको जिडिपी भन्दा ठुलो रकम हो। यति रकम डोनेट गर्ने जुकरवर्ग विश्वकै कम उमेरको डोनर हुन। उनी अहिले ३१ वर्ष पुगे। सन् २००० मा माइक्रोसफ्टका संस्थापक बिल गेट्सले जब बिल एन्ड मिलिन्डा गेट्स फाउन्डेसनको सुरुवात गरे तब उनी ४५ वर्षका थिए।

फेसबुकमा जुकरबर्गले फोटोसंगै छोरीको लागि एक चिठि पनि लेखेका छन्।

Priscilla and I are so happy to welcome our daughter Max into this world!For her birth, we wrote a letter to her about…

Posted by Mark Zuckerberg on Tuesday, December 1, 2015