१३ फागुन, एजेन्सी।

बिहिबार यरवदा जेलबाट छुटेपछि संजय दत्तले मिडियासंग आग्रह गरेकि आफुलाई १९९३ विस्फोट घटनासंग नजोडियोस्।sanjaya datt 21175717

मुम्बइमा संवाददाता सम्मेलनमा बोल्दै संजय दत्तले भने, ‘म आतंकवादी होइन र मिडियासंग मेरो आग्रह छ कि अब १९९३ को विस्फोट घटनासंग मलाइ नजोडियोस्।’

अवैध हतियार राखेकोमा दोषी पाइएका ५६ वर्षिय संजय दत्त सन् मे २०१३ देखि जेलमा ४२ महिना बिताए। सन् २००-०८ को बिच उनले जेलमा १८ महिना बिताइसकेका थिए। सन् २०१३ मा उच्च अदालतले विशेष अदालतले सुनाएको पाँच वर्षको सँजायलाई सदर गरेको थियो।

उनले भने, ‘अघिल्लो रात सुतेको समेत छैन, चार दिन देखि खाना पनि खाएको छैन, यहि सोचेर कि परिवारको साथ भेट हुन्छ।’, उनले भने, ‘अब फेरी कहिल्यै जेल आउने छैन।’

उनले थपे, ‘२३ वर्ष देखि उनी जुन स्वतन्त्रता खोजिरहेका थिए सो आज मिलेको छ।’ उनले भने, ‘मलाई थाहा छ कि आफैलाई यो अनुभुति दिलाउन अझै केही समय लाग्नेछ कि म अब स्वतन्त्र छु।’

यरवदा जेलबाट बाहिर निस्केर जमिन छुदै संजयले झण्डालाई सलाम गरेका थिए।

यो पनि पढ्नुस्।

सिसाको पुल पश्चात चीनको अर्को चमत्कार, बनायो सीसाको स्काइवाक

अनुष्का र बलिउड क्वीन कंगनाको फिल्मलाई पछार्यो सोनमको नीरजाले