२९ माघ, एजेन्सी । एक पतिले पत्नीले लिएको तनाव सहन नसकेर उनीसँग डिभोर्स दिएका छन् । यतिमात्र होइन डिभोर्सपछि पत्नीलाई पैसा दिनुपर्छ भन्दै आफूसँग भएको १० लाख डलर रकममा आगो लगाइदिएका छन् ।

यो घटना क्यानडाको ओटावाको हो । त्यहाँ बस्ने ५५ वर्षीय एक व्यवसायी ब्रुस मेककोनविलेले डिभोर्स दिएकी पत्नी र बच्चालाई पैसा दिनुपर्छ भन्दै १० लाख डलर जलाइदिएका हुन् । उनले ओटावाको अदालतमा न्यायाधीसको अगाडि विवाहपछि पत्नीसँगको सम्बन्ध नराम्रो भएको बताए ।

विवाहको केही समयपछि नै आफूहरुबीचको सम्बन्धमा खराब भएपछि डिभोर्सको अवस्था सिर्जना भएको मेककोनविलेले बताए । ‘डिसोर्सको प्रक्रियाबाटै मलाई एकदमै धेरै रिस उठिरहेको थियो, जे सुकै होस् उस(पत्नी)लाई पैसा दिन्न भन्ने विचारका कारण मैले पैसा जलाइदिएको हुँ’, उनले भने ।

१० लाख डलर २५ पटक फरक–फरक बैंकबाट झिकेर आगो लगादिएको ब्रुसले न्यायाधीसको अगाडि बयान दिनेक्रमम बताएका छन् । आफूसँग रकम निकालेको रसिद अझैपनि रहेको उनको भनाइ छ । न्यायधीसले उनलाई ३० दिनको सजाय सुनाएका छन् ।