एजेन्सी ।

सेलिब्रेटीको निजी जिन्दगीमा पनि धेरैको चासो हुन्छ । बलिउडमा प्रेम प्रसँग, मिलन विछोड देखि विवाह सम्म सञ्चार माध्यमका लागि हेडलाइन बन्ने गर्छन् । विवाह भैसकेपछि पनि कलाकारहरुले निजी जिन्दगीमा चियो चर्चो सहनु पर्छ ।

बलिउडमा चर्चित रहेका तर बैबाहिक जीवनमा भने सम्झौता गरेका भनेर चिनिने केही जोडीहरुको बारेमा यहाँ चर्चा गरिएको छ । विवाहमा हैसियत, उमेर र रुप रंग मिलेमा मात्र जोडी मिलेको मानिन्छ । तर, बलिउडमा केही यस्ता जोडी छन्, जुन साँच्चिकै अमिल्दा लाग्छन् ।

कुन कुन सेलिब्रेटीको बैबाहिक जीवन अमिल्दो छ त ?

१ रानी- आदित्य

कुनै बेला बलिउडमा टपमा रहेकी हिरोइन रानी मुखर्जीले गत वर्ष अपत्यारिलो शैलीमा चलचित्र निर्देशक तथा निर्माता आदित्य चोपडासँग विवाह गरिन् । उनको विवाह बलिउडमा नमिल्दो बैबाहिक सम्बन्धमा सूचीकृत भएको छ । रिल लाइफमा ह्याण्डसम अभिनेतासँग रोमान्स गरेकी रानीले जीवनमा भने ४४ वर्षीय आदित्य सम्बन्ध जोडेपछि उनको बिबाह धनका लागि मात्र गरिएको भनेर समेत टिप्पणी भएको थियो ।

rani-mukherjee-aditya-chopra

२ श्रीदेवी–बोनी

कुनै बेलाकी नागकन्या श्रीदेवी बलिउडकी ब्यूटी क्वीन मानिन्थिन् । अहिले पनि श्रीदेवीलाई आकर्षक महिलामा मानिन्छ । तर उनले पनि अनाकर्षक र बाबु जस्ता देखिने बोनी कपुरसँग विवाह गरिन् । ८० र ९० का दशकमा बलिउडमा तहल्का मच्चाएकी श्रीदेवीले नौ वर्ष जेठा चलचित्र निर्माता बोनी कपुरसँग विवाह गरेपछि उनका फ्यान समेत निरास भएका थिए ।

2nd and 3rd wives 8

३ सञ्जय–मान्यता
हाल जेल सजाय काटिरहेका बलिउड अभिनेता सञ्जय दत्तले पनि अमिल्दा विवाह गरे । उनले कान्छी श्रीमतीकोरुपमा आफू भन्दा २० वर्ष कान्छी मान्यतासँग विवाह गर्नु अघि २ महिलासँग विवाह गरिसकेका थिए । सञ्जय दत्तकी छोरी नै बलिउडमा आउने चर्चा चलिसक्दा पनि उनकी कान्छी श्रीमती मान्यता भने बलिउडमा जम्न सकेकी छैनन् ।

sanjay dutt with wife

४ नर्गिस–उदय
uday-chopra-nargis-fakhri-beachबलिउडमा जमेकी विदेशी अभिनेत्री मध्ये नर्गिस फाकरीको नाम पनि बलिउडमा चर्चामै रहेको नाम हो । अमेरिकामा जन्मेकी फाकरी करिव १ दशक देखि बलिउडमा छिन् । बलिउडमा नजमेपनि उनको सम्बन्ध रानी मुखर्जीका देवर अर्थात उदय चोपडासँग रहेको छ ।  उनीहरुको विवाह हुने चर्चा चलेपनि बलिउडमा नमिलेको जोडीमा उनीहरु सूचीकृत भैसकेका छन् । लिउडमा यो जोडी पनि नमिल्दो जोडीकोरुपमा दर्ज भैसकेको छ । नर्गिस सुन्दर भएपनि उदयको धनले उनलाई तानेको टिप्पणी गरिन्छ ।

uday-chopra-nargis-fakhri-beach

५ जुही–जय
बलिउडमा नमिल्दो जोडीकोरुपमा पूर्व मिस इण्डिया जुही चावला र जय मेहताको जोडीलाई पनि मानिन्छ । जुहीका पति ब्यापारी हुन् । सुन्दर जुहीसँग पिता जस्ता देखिने उनका पति जुहीका नमिल्दा जोडीकोरुपमा चर्चामा रहन्छन् । जुहीले मेहताकी दोश्री श्रीमतीकोरुपमा विवाह गरेकी थिइन् ।

juhi chawla jay mehta

६ फराह–शिशिर

चर्चित बलिउड कोरियोग्राफर तथा निर्देशक फराह खानले आफू भन्दा ८ वर्ष कान्छा युवकसँग विवाह गरेकी छिन् । ती युवकबाट तिम्ल्याहा सन्तान जन्माइसकेकी फराह र उनका पति शिशिरको जोडी पनि बलिउडमा अमिल्दो जोडीकोरुपमा चर्चित छ ।

Shirish Kunder and Farah khan

७ महिमा- बबी

कुनै बेलाकी सुन्दरी अभिनेत्री महिमा चोधरीले पनि दोश्री पत्नी बन्न मञ्जुर भएर आर्किटेक्ट बबी मुखर्जीसँग विवाह गरिन् । उनीहरुको जोडी पनि पटक्कै नमिलेको जोडीमा मानिन्छ । यद्यपी उनीहरु अहिले सँगै बस्दैनन् ।

Mahima-Chaudary-and-Bobby

८ विद्या- सिद्धार्थ

बलिउडमा अहिले पनि चर्चित अभिनेत्रीकोरुपमा रहेकी विद्या बालनले पनि मिल्दो विवाह गरिनन् । उनले सुन्दरी अभिनेत्री विद्या बालनले पनि दुई पटक विवाह गरिसकेका सिद्धार्थ राय कपूरसँग विवाह गरिन् । सिद्धार्थ UTV मोशन पिक्चर्स का सीईओ भएका कारण उनले धनका लागि विवाह गरेको टिप्पणी समेत भयो ।

bidya couple

९ लारा- महेश

पूर्व मिस इण्डिया लारा दत्त र टेनिस स्टार महेश भूपतिको जोडी पनि बलिउडमा नमिलेको जोडीमा पर्छ । उनी भुपतिकी दोश्री श्रीमती बनेर विवाह गरेकी थिइन् । सुन्दरी लाराले उनलाई किन रोजिन् भनेर धेरैले टिप्पणी गर्छन् ।

lara-dutta-mahesh-bhupathi

यो पनि हेर्नुस्

दोश्री वा तेश्री श्रीमती बन्ने बलिउड सुन्दरीहरु (फोटो फिचर)

सौता बन्न गएका बलिउड सुन्दरीहरु (फोटो फिचर)