२ फागुन, एजेन्सी ।

बलिउड नायक अक्षय कुमारको फिल्म जोली एलएलवि-२ ले ३ दिनमै ५० करोड भारु (८० करोड रुपैया) कमाएको छ ।

फिल्मले शुक्रबार पहिलो दिन २२ करोड कमाएको थियो भने दास्रो दिन २९ करोड कमाएको थियो । योसंगै तेस्रो र चौथो दिनको जम्मा गरेर कुल ८० करोड कमाएको हो।

यो कमाई संगै तीन दिनमा ८० करोड कमाउने दास्रो फिल्मको सूचीमा पर्न सफल भएको छ । यसअघि रिलिज भएको शाहरुखको रइस फिल्मले तीन दिनमा ८९ करोड कमाएको थियो ।

जोली एलएलवीको पहिलो फिल्मले रिलिज अवधिभर जम्मा ४८ करोडमात्र कमाएको थियो । त्यसको तुलनामा जोली एलएलवी-२ ले तीन दिनमा त्यसको दोब्बर रकम कमाउन सफल भएको छ ।