२१ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले नियुक्त गरेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई हटाउने सरकारको निर्णयको विरोध गरेका छन् ।

फाइल तस्बिर

फाइल तस्बिर

पार्टी कार्यालय धुम्बाराहीमा आज भएको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । पुनर्निर्माण प्राधिरकणबाट सरकारमा रहेकाले पैसा नपाएकाले सीईओ सुशील ज्ञवालीलाई हटाइएको उनको आरोप छ ।

सुशील ज्ञवालीलाई बर्खास्त गर्नु गैरजिम्मेवारपूर्ण कदम : रावल

सरकारले नियुक्त भएदेखि नै विभिन्न कारण देखाउँदै प्राधिकरणलाई काम नगरेको भन्दै ओलीले भने ‘यो सुनियोजित, घटिया र घिनलाग्दो खेल हो ।’