२१ फागुन, काठमाडौं ।

नेपाली कांग्रेसको जारी महाधिवेशनमा बरिष्ठ नेता शेर बहादुर देउवाले क्रम संख्या १ बनाएर सभापतिको उम्मेदवारी दिएका छन् ।

देउवाले हिँजो नै सभापतिमा उम्मेदवारी दिएका थिए । देउवाले सभापतिको उम्मेदवारी घोषणा गरे लगत्तै उम्मेदवारी दर्ता गराएका थिए । ज्योतिषले दिएको सल्लाह अनुसार देउवाले यसो गरेका हुन् । ज्योतिषले विहीबार उम्मेदवारी दर्ता गराउन र क्रम संख्या १ राख्न सुझाव दिएको देउवा निकट श्रोतले जनाएको छ ।

congress mahaadhivesan khulla manch kathmandu 9452247

तर उनका समर्थकहरुले देउवा १ नम्बर भएको भन्दै यसलाई जितको सांकेतिक शुरुवात समेत भनेका छन् । उम्मेदवारी दर्ता गर्दा पहिलो नम्बरमा आएका देउवा सभापतिको मतमा समेत पहिलो बन्ने उनीहरुको दावी छ ।

कांग्रेस महाधिवेशनमा सभापतिको मतगणना गर्ने स्थान छुट्टै
रामचन्द्रले हुँदैन भनेको कुरा भएरै छोड्यो

खुलामञ्चमा महाधिवेशनको उदघाटन समारोह चलिरहको समयमा देउवाको वारेशनामा नेता रमेश लेखकले उम्मेदवारी दर्ता गराउन पुगेका थिए । उम्मेदवारी दर्ता गराउन देउवाकी श्रीमती आरजु राणा पनि सानेपास्थित पार्टी कार्यालयमा पुगेकी थिइन् ।

रामचन्द्र पौडेल र कृष्ण सिटौलाले भने शुक्रबार विहान मात्र उम्मेदवारी दर्ता गराएका छन् । उनीहरुको क्रम संख्या क्रमशः २ र ३ रहेको छ ।

अन्तिममा को कता लाग्दै छन् ? कांग्रेसमा रोचक समिकरण

हिँजो नै उम्मेदवारी दर्ता गरेका देउवाले सभापतिका अर्का प्रत्यासी रामचन्द्र पौडेलसँग महाधिवेशन उद्घाटन स्थलमा हात समेत मिलाउन चाहेनन् । देउवाले कार्यवहाक सभापति पौडेललाइ सहितका नेतालाई भाषणमा सम्बोधन गरे पनि पौडेलले भने देउवालाई सम्बोधन नै गरेनन् ।