२० फागुन, काठमाडौं ।

पार्टीको १३ औ महाधिवेशनमा सभापति उम्मेदवारी दिनको लागि पार्टी केन्द्रीय कार्यालयमा काग्रेसका नेताहरुबीच घम्साघम्सी भएको छ ।

बुधवार सभापतिको लाग कार्यवहाक सभापति रामचन्द्र पौडेलले घोषणा गरे लगत्तै नेता शेरबहादुर देउवाले पनि आज पार्टी कार्यालयबाट सभापतिको उम्मेदवारी घोषणा गरेका छन् ।

Deuwa Ummedwari

पार्टी कार्यालय सानेपा केही बेर अघि सभापतिमा देउवा, महामन्त्रीमा अर्जुन नरसिंह केसी र कोषाध्यक्षमा चित्रलेखा यादव सहितको प्यानलको घोषणा गरिएको हो ।

नीतिश कुमारले नेपाल आएर गरेका ३ ट्वीट

कांग्रेसमा यहाँ नेर हुँदैछ वास्विक भिडन्त

बुधवार ज्योतिषका भनाई मान्दै उम्मेदवारी घोषणा स्थगित गरेका देउवाले आज उदघाटन सत्रको पूर्वसन्ध्यामा उम्मेदवारी घोषणा गरेका हुन् ।

कांग्रेसमा आफू मात्र पार्टी चलाउने सक्ने नेतृत्व भएको दावी देउवाले गरे । कांग्रेस महाधिवेशनमा नेतृत्वका लागि देउवासहित ३ जनाको सभापतिमा उम्मेदवारी परेको छ ।

महामन्त्री कृष्ण सिटौला र उपसभापति रामचन्द्र पौडेलले यस अघि नै प्यानलसहित उम्मेदवारी दिएका छन् ।