१० भदौ । काठमाडौ
युवा नेता गगन थापा र नेता अर्जुननरसिंह केसी आ आफ्नो तहबाट राजनीति गर्दै कांग्रेसमा स्थापित भए । नाताले यी दुई नेता ज्वाई र ससुरा हुन् । तर, पनि साइनो भन्दा माथि उठेर १३ औं महाधिवेशनमा यी ज्वाई ससुरा महामन्त्री पदका लागि आमनेसामने हुन पुगे । ज्वाइ उठ्दा ससुरा केसी शशांक कोइरालासँग महामन्त्रीमा हार्न पुगे । देउवा सभापतिमा उठे पनि केसीले हार्न पुगे । केसीले १०१७ मत ल्याए । थापाले ५८४ मत ल्याए । तर, निर्वाचित शशांक १४१७ मत ल्याए । तेस्रो पक्षका रुपमा उठेका थापाले केसीलाई सहयोग गरेको भए केसी जित्ने अंक देखियो । तर, उनी उठेपछि केसी पनि हार्न पुगे ।

गगनको बारेमा अर्जुनको भविष्यवाणी मिल्यो, आफ्नै बारेमा भने गलत

२० साउनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्दा कांग्रेस प्रमुख सत्ता सहयोगी दल बन्न पुग्यो । र, अहिले सरकारमा सहभागी बन्दै छ । सरकारमा सहभागी बन्दै गर्दा नातामा ज्वाईं ससुरा पर्ने केसी र थापाबीच अर्को रोचक घटना घट्न पुगेको छ । त्यो हो दुवैबीच मन्त्रालय साटासाट हुन पुगेको हो ।

Arjun vs Gagan

पहिले गृह वा शिक्षामा दाबी गर्दै केसी सरकारमा सहभागी हुन नै मानेका थिएनन् । तर, अहिले शिक्षा पाउने भए पछि उनी मन्त्री बन्न तयार भए । सिटौला पक्षबाट उनकै ज्वाई थापालाई सहरी विकास मन्त्रालय दिने मोटामोटी सहमति भयो । तर, उता माओवादीका डिआर पौडेलले स्वास्थ्य मन्त्री होइन शिक्षामा बल गरे । र, केसीको भागमा स्वास्थ्य आइलाग्यो । अब केसीलाई स्वास्थ्य र थापालाई सहरी विकास मन्त्रालय भन्दै देउवा पक्षका नेताले नै प्रचार गरे । तर, अन्ततः बिहीबार साँझसम्म आइपुग्दा ज्वाईं ससुराको मन्त्रालय साटियो । अब केसीलाई सहरी विकास र थापालाई स्वास्थ्य दिने टुंगो लाग्यो ।

अन्ततः गगन स्वास्थ्य मन्त्री बन्ने, काटेको नाम फेरि सच्चाइयो

राती ८ बजेतिर कांग्रेका १३ मन्त्रीको सूची प्रधानमन्त्री प्रचण्डलाई बुझाइयो । यसरी युवा नेता थापा पहिलोपटक स्वास्थ्य मन्त्री सम्हादै छन् । मन्त्रालय साटफेर केसीको इच्छामा भएको स्रोत बताउँछ । किनकी यस अघि उनले स्वास्थ्य मन्त्रालयमा नजाने बताउँदै आएका थिए । पहिलोपटक मन्त्री बन्दै गरेका थापाले पनि यसपटक महामन्त्रीमा जस्तो अडान लिएनन् र केसीलाई रोजेकै मन्त्रालय दिइ आफू स्वास्थ्यमैं तयार भएका हुन् ।