१७ असोज, काठमाडौं ।

भारतले अघोषित नाकाबन्दी लगाएपछि नेपाललाई भन्दा भारतलाई बढी घाटा भैरहेको भन्ने विश्लेषणले भारतमा बल पाएको छ । भारतीय मिडियामा पनि भारतले नेपालमा चुकाएको मूल्यबारे चर्चा परिचर्चा भैरहेका छन् ।

टाइम्स अफ इण्डियाको हेडलाइन- ‘नेपालमा भारत ठूलो हरुवा’

यसैक्रममा भारतको चर्चित अखबार टाइम्स अफ इण्डियाले पनि एक पछि अर्को भारतले ब्यहोरेको क्षति बारे समाचार फिचर प्रकाशित गर्न थालेको छ ।

times of india feature on 3 party

२ दिन अघि नेपालमा हस्तक्षेप गर्दा भारतले ठूलो पराजय भोगेको भन्दै फिचर बनाएको टाइम्स अफ इण्डियाले आइतबार अर्को समाचार फिचरमा भारतका कारण नेपालका तीन मुख्य पार्टी भारत विरुद्ध अभूतपूर्वरुपमा एक ठाउँमा आएको भन्दै समाचार बनाएको छ ।

समाचारमा भारतकै ब्यवहारका कारण भारतसँग निकट मानिएको कांग्रेस समेत एमाले र एमाओवादीसँग नजिकिएको भनिएको छ । भारतले नेपालको केही भागप्रति विशेष भाव ब्यक्त गर्दा अरु बाँकी भागका नेपाली रिसाएको उक्त समाचारको विश्लेषण रहेको देखिन्छ ।

नेपाली कांग्रेस र भारतबीच सँधै सुमधुर सम्बन्ध रहेको तर अहिले भने भारतविरुद्ध पटक पटक सडकमा आएका एमाले र कांग्रेससँग मिलेको भनिएको छ ।

Times of India Article on Nepal Keshav Pradhan

२ दिन अघि टाइम्स अफ इण्डियाले बनाएको फिचर

भावी प्रधानमन्त्रीकोरुपमा हेरिएका केपी ओलीले भारतीय नाकाबन्दीको विरोध गरेको र त्यसमा कांग्रेसका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले नेता माधव नेपाल समेत थपिएको समाचारमा लेखिएको छ । ओलीले संविधान संसोधन गर्ने प्रधानमन्त्री कोइरालाको प्रस्तावको समेत विरोध गरेको समेत टाइम्स अफ इण्डियाले लेखेको छ ।

समाचारमा बाबुरामको प्रगतिशील राष्ट्रवादको बारेमा समेत उल्लेख गरिएको छ ।