१८ चैत, काठमाडौं ।

शिक्षण अस्पतालमा पुगेका नेकपा एमालेका नेता माधव कुमार नेपालमाथि दुर्ब्यवहार भएको छ । एक जना विरामी भेट्न टिचिङ पुगेका माधव कुमार नेपाललाई त्यहाँ रहेका अनशनरत डाक्टर गोविन्द केसीका समर्थकहरुले घेरा हालेर दुर्ब्यवहार गरेका हुन् । गोविन्द केसी समर्थक विद्यार्थीहरुले माधव नेपाललाई विद्यार्थीका प्रश्न भन्दै विभिन्न प्रश्न मात्र गरेनन् धकला धकेलको अवस्था समेत आयो ।

Madhav Nepal Teaching (4)

अवस्था एक्कासी तनावग्रस्त भएपछि प्रहरी बोलाउनु परेको थियो । प्रहरीले चिकित्सकहरुलाई सम्हाल्न नसकेपछि अवस्था असमान्य बनेको थियो । अध्यनरत विद्यार्थी डाक्टरहरुले माधव नेपालविरुद्ध नारावाजी समेत गरेका थिए ।

Madhav Nepal Teaching (1)

अस्पताल परिसरमा ‘माधव नेपाल मुर्दावाद! भन्ने नारा गुञ्जिएपछि त्यहाँ उपस्थित मानिसहरु अचम्मित भएका थिए । त्यति मात्र होइन ‘माकुने चोर देश छोड’ भन्ने जस्ता अभद्र नारा समेत लगाइएको थियो ।

Madhav Nepal Teaching (2)

माधव नेपालले भने गोविन्द केसीका माग जायज भएपनि सबै सेवा सुविधा दिन सक्ने मेडिकल कलेजलाई सम्बन्धन दिनु पर्ने बताए । उनले सबै मेडिकल कलेजलाई राजनीतिक आडकै भरमा सम्बन्धन नदिएको पनि उनले स्पष्ट पारे ।

सत्तारुढ दलका नेता भएपनि आफ्नै पार्टीमा प्रतिपक्ष जस्तै बनिरहेका माधव नेपाललाई सरकारी प्रतिनिधी जस्तो ठान्दै विद्यार्थीहरु भने आक्रामकरुपमा प्रस्तुत भएका थिए ।

Madhav Nepal Teaching (3)

विभिन्न १० बुँदे माग राखेर अनशन बनेका डा गोविन्द केसीको अनशन भने ११ औं दिनमा पनि जारी छ । गोविन्द केसीको अनशनको विषयमा एमाले सबै भन्दा अनुदार देखिएको भन्दै चौतर्फी आलोचना भैरहेको समयमा माधव नेपाल चेपुवामा परेका हुन् ।

गोविन्द केशी अनुशन बसेर सम्बन्धन नपाउने कलेजमा अधिकाँश एमालेका नेताहरुको लगानी भएको बताइन्छ । सम्बन्ध लिनका लागि प्रयास गरिरहेको मनमोहन मेडिकल कलेजका लगानीकर्ता एमाले सभाषद राजेन्द्र पाण्डेले त गोविन्द केसीलाई सार्वजनिक अपराधको मुद्धा लगाउनु पर्ने माग समेत गरेका छन् ।