२५ मंसिर, एजेन्सी।

आउने वर्षको मार्च ८ देखि ३ अप्रिलसम्म भारतमा हुने टी-२० विश्वकप क्रिकेटको लागि भारत र पाकिस्तानलाई एउटै समुहमा राखिएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषदले शुक्रबार टी-२० विश्वकमको कार्यक्रम घोषणा गरेको छ।

t20_women_champion

भारत र पाकिस्तानलाई अष्ट्रिलिया र न्युजिल्याण्डको साथ समुह-२ मा राखिएको छ। त्यस्तै समुह-१ मा श्रीलंका, दक्षिण अफ्रिका, इङ्गल्याण्ड र वेस्टइन्डिजको टिम छ। दुइ ग्रुपको लागि एक-एक अरु टिमको फैसला क्वालिफाइङ राउन्ड पश्चात हुनेछ।

champion_srilanka

भारत आफ्नो पहिलो खेल १५ मार्चमा न्युजिल्याणडको विरुद्धमा खेल्नेछ। त्यस्तै पाकिस्तानसंग भारतको खेल १९ मार्चमा हुनेछ। २३ मार्चमा भारत समुह-१ को क्वालिफाइंग टिमसंग खेल्नेछ। २७ मार्चमा भारत र अष्ट्रिलियाको खेल हुनेछ।

टी-२० विश्वकपमा जम्मा ५८ खेल हुनेछ। जसमा ३५ पुरुषको टिम र २३ महिलाको टिम सामेल हुनेछन्। २७ दिनसम्म चल्ने यो प्रतियोगिताको खेल बेङ्गलुरु, चेन्नइ, धर्मशाला, कोलकत्ता, मोहाली, मुंबइ, नागपुर र दिल्लीमा खेलाइनेछ।

बिजेता पुरुष टिमलाई ५६ लाख र महिला टिमलाई ४ लाख अमेरिकी डलर राशीको पुरस्कार राखिएको छ।

यो पनि पढ्नुस्।
फुटवल खेलाडीको गोली हानी हत्या
आईफोन निर्माता एप्पलको मनै लोभ्याउने कार्यालय