१५ साउन, ट्युनिस (ट्युनिसिया) ।
ट्युनिसियामा गत जुनमा २८ विदेशी पर्यटकलाई जिहादी लडाकुले गोली हानी हत्या गरेपछि घोषणा गरिएको राष्ट्रिय सङ्कटकाललाई अरु दुई महिना बढाएको यहाँको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

जिहादी विद्रोही पर्यटकको हत्या गरेपछि ट्युनिसियाले गएको जुन ४ तारिख ३० दिनका लाग सङ्कटकाल घोषणा गरेको थियो ।

विज्ञप्तिमा जनाइएअनुसार सङ्कटकाल आगामी अगष्ट ३ तारिखदेखि लागूहुने गरी दुई महिनाका लागि बढाइएको छ ।

Tunisia police

यहाँका प्रधानमन्त्री तथा सभामुखसँगको छलफलपछि राष्ट्रपति बेजी काइड इस्सेवीले सङ्कटकाल समयमा पुनर्विचार गर्दै दुई महिनाका लागि थप गरिएको जनाइएको हो ।

राष्ट्रपति इस्सेवीले एल कान्तौइ बन्दरगाहामा पर्यटकमाथि विद्रोहीले हत्या गरेपछि जुन ४ तारिख राष्ट्रिय सङकटकालको घोषणा गरेका थिए। रासस÷एएफपी