३० जेठ, कलैया । पूर्व–पश्चिम महेन्द्र राजमार्गको १२ किमी भन्ने ठाउँमा आइतबार ट्रकले ट्र्याक्टरलाई ठक्कर दिँदा ट्र्याक्टर चालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ५ ख ५८८२ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको ज १ त ५२३९ नम्बरको ट्र्याक्टरलाई १२ किमी भन्ने ठाउँमा ठक्कर दिँदा ट्याक्टर चालक सर्लाही–बस्ने ३५ वर्षीय भोजेन्द्र साहको घटनास्थलमा नै मृत्यु भएको छ ।

सो घटनाका ट्र्याक्टरका सहचालक सोही ठाउँ बस्ने ३४ वर्षीय राजकिशोर साह गम्भीर घाइते भई उपचारका लागि वीरगन्ज अस्पताल लगिएको छ । ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय निजगढले नियन्त्रणमा लिएको छ ।