५ माघ, हेटौंडा ।

हेटौंडाबाट भरतपुर जाँदै गरेको ना३ख ९४९५ नंको ट्रकले हेटौँडा उपमहानगरपालिका सडकखण्डको ज्यामिरेमा पैदल हिँडिरहेकी सात वर्षीया बालिकालाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको छ ।

मृत्यु हुनेमा मकवानपुर ज्यामिरे बस्नेसुजाता थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ठक्कर दिने ट्रकलाई मनहरा प्रहरीले नियन्त्रणमा लिएको छ । चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।