२२ असार, नवलपरासी ।

नवलपरासीको मध्यविन्दु नगरपालिका ११ अरुणखोलमा आज दिउँसो भएको सवारी दुर्घटनामा परि एक जना वृद्धको ज्यान गएको छ ।

अरुणखोला प्रहरीले दिएको जानकारी अनुसार लु १ ख ३१ नम्बरको पश्चिमतर्फ जाँदै गरेको ट्रकले साईकल यात्रीलाई ठक्कर दिंदा मध्यविन्दु १५ हर्वासटारका ६० वर्षका वृद्ध सुकराम थारुको घटनास्थलमा नै ज्यान गएको हो ।

ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।