२० असार, बारा ।

बस दुर्घटनामा हुँदा बारामा एक जनाको मृत्यु भएको छ । भने ६ जना घाईते भएका छन् । पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पर्ने १६ किलोमिटर भन्ने जंगलमा दुर्घटना ग्रस्त अवस्थामा रहेको ना.३ख.३९४५ नम्बरको ट्रकमा यात्रु बाहक बस ठोकिदा बसका परिचालकको मृत्यु भएको हो ।

काभ्रे जिल्लाको नालादुम्चा बस्ने २६ बर्षीय बसका परिचालक बिजय श्रेष्ठ (रंजितकार) को मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । काठमाण्डौंबाट ना.५ख.६३०१ नम्बरको यात्रुबाहक बस काँकडभिटा तर्फ जाँदै गर्दा दुर्घटना हुँदा श्रेष्ठको मृत्यु भएको हो ।

यस्तै झापा जिल्लाको दमक वडा नं.१२ का ५० बर्षीय गणेश सुवेदी र काभे्र जिल्ला नालाधुम्चा बस्ने २२ बर्षीय लक्ष्य क्षेत्री गम्भिर घाईते भएका छन् । सुवेदीको बिरगंज स्थित नेशनल मेडिकल कलेजमा र क्षेत्रीको चपुर अस्पतालमा उपचार भईरहेको छ ।

साधारण घाईते भएका झापा जिल्लाको दमक वडा नं.१२ का ६५ बर्षीय तुलसीराम प्रसाद , मोरंग जिल्ला राजघाट बस्ने ४१ बर्षीय बसका चालक अंशबहादुर हिमाल , बिरगंज उपमहानगरपालिका वडा नं.१९ बस्ने ३८ बर्षीय संजयकुमार सर्राफ , भारतको दार्जिलिङ्ग बस्ने ४८ बर्षीय अब्दुल रहमानको चपुर अस्पतालमा उपचार भईरहेको प्रहरी नायाव निरिक्षक रामलखन महत्तोले बताएका छन् ।

दुर्घटनामा क्षेती ग्रस्त बसलाइ इलाका प्रहरी कार्यालय निजगढमा राखिएको छ । भनेबिजुलीको लठ्ठा बोकेको सो ट्रक अहिले घटना स्थल मैं रहेको प्रहरीले बताएको छ ।