२७ भदौ, भैरहवा ।

भैरहवा बेलहिया सडक खण्डको डण्डा पुल मा राती भएको सडक दुर्घटनामा तीन जनाको घटनास्थल मै मृत्यु भएको छ ।

भैरहवा बाट बेलहिया तर्फ जादै गरेको युपी ५३ टी ८३०९ नम्बर को भारतीय नम्बरको ट्रकले भारतको सुनौलीबाट सामान किनेर भैरहवा तर्फ आउदै गरेको लु१०प ३२२३ नम्बरको मोटर साइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक पाल्पा सोमादी १ का ३० वर्षिय गिर बहादुर गरन्जा र सोही मोटरसाइकलमा सवार अर्घाखाँची १ किम डाडा की ३७ वर्षिय मधु राना र उनकी नाम नखुलेकी अन्दाजी २ वर्षिय बालिका समेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

Accident death (1)

दुर्घटनाग्रस्त ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेका छन भने मृतकको शव भैरहवा स्थित भिम अस्पतालमा राखिएको छ ।

Accident death (2)